रौतहट, १४ भदौ। आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड हो । प्रत्यक वर्ष तिथिका आधारमा मनाईने यो चाड प्रत्यक वर्ष महिना,बार र गते फरक फरक हुने गर्दछ । परम्परा र हिन्दु सक्कार अनुशार कुनै पनि चाडबाड तिथिले दुई दिन परेमा पछिल्लो दिनमा मनाईने प्रचलन रहेकोले आज १४ गते बिहीबार रक्षा बन्धन मनाईन लागिएको हो ।
रक्षा बन्धन.. प्रेमको बन्धन , बिवाहाको बन्धन , मित्रताको बन्धन जस्ता अनेकौं बन्धनहरुको बिचमा एक विशेष , आत्मिक र अटुट बन्धन हो रक्षाको बन्धन । रक्षा बन्धन केवल एक दिनको चाड मात्र नभएर यो एक सुनौलो अवसर हो: दिदी बहिनी र दाजुभाइको आत्मिय सम्बन्ध नजिक र प्रगाढ बनाउने ।
आजको दिन हातमा बाधिने ती राखी र डोरोको धागोहरु केवल निर्जीव धागो मात्र होइन: यो एक बिस्वास हो: एक आशिर्वाद हो । दिदीको आफ्नो भाइ प्रतिको ममता, त्याग र समर्पणको प्रतीक हो भने: बहिनिको आफ्नो दाइ प्रतिको आड, भरोसा र उल्लासको चिन्ह हो ।
येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।
यसको अर्थ
जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछू ।
रक्षा बन्धनको उल्लेख महाभारत कालमा पनि भएको यताकता पाउन सकिन्छ । भगवान श्री कृष्णको एक काकीको सन्तानको रुपमा शिशुपाल नाम गरेको एक बालकको जन्म भएको थियो । बालक कुरुप र अपांग थिए: जसको कारण यो भबिस्यबाणी भएको थियो कि जसले शिशुपालको शारीरिक अवस्थामा परिवर्तन ल्याउछ उसकै हातबाट शिशुपालको मृत्यु हुनेछ ।
केही समय पछि एक दिन श्रीकृष्ण भगवान आफ्नो काकिको घरमा आउदा काकिले संयोगबस बालक शिशुपाल लाई श्रीकृष्णको हातमा राख्न पुग्नुभयो । भगवान कृष्णको स्पर्शले शिशुपाल पुर्ण रुपमा सुन्दर र स्वास्थ भए ।
आमा धेरै खुसी त थिइन : तर त्यही एक भबिस्यबाणीको कारण छोराको मृत्यु श्रीकृष्ण को हातबाट नहोस भनेर भगवान कृष्णलाई धेरै प्राथना गरिन । अन्ततः शिशुपालको एक सय गल्ती सम्म माफ गर्ने तर गल्तिहरु एक सय एक पुगेमा जे पनि हुन सक्ने आशिर्वाद र चेतावनी उनलाइ प्राप्त भयो ।
जति ठूलो हुँदै गए त्यति शिशुपालको गल्ती , अपराध र अन्यायको सिमा बडदै गइरहेको थियो । जति रोक्न खोज्दा पनि श्रीकृष्ण लाई नै आफ्नो शत्रु मान्दै आइरहेको राजा शिशुपालको पापी कर्मको घडा भरिदै त्यो दिन आयो जहाँ उसको गल्ती एक सय भन्दा माथी हुन पुग्यो ।
आफुले गरेको दिएको बरदानको उचित सदुपयोग नभएको ले नै श्रीकृष्ण ले शिसुपालको सुदर्शन चक्र प्रहार गरि शिर छेदन गर्न पुग्नुहुन्छ । उनको त्यो सुदर्शन चक्र फर्केर हातमा आउने क्रममा श्रीकृष्ण को पनि हातको औलामा चोट लागेर रगताम्य हुन्छ । पान्डवको त्यो सभामा श्रीकृष्ण को त्यो रगत रोक्न कोहि केही गर्दैनन । तर, पाच पान्डव कि द्रौपदिले आफ्नो साडि च्यातेर उनको हातमा बाधिदिएकी थिइन जसले उनको घाउ पुरिएको थियो ।
यसै बन्धन सङै श्रीकृष्ण ले दाजु बनेर दौपदिको सदैव रक्षा गर्ने वचन दिनुभएको थियो । साडी च्यातेर दौबदिले श्रीकृष्णको हातको औलामा बाधिदिएको त्यो पावन दिन पुर्णिमा पर्न गएकोले त्यही किम्बदन्तिको आधारमा रक्षाबन्धन एक चाडको रुपमा प्रचलित भएको मान्न सकिन्छ ।
दौपदिलाइ दिनुभएको त्यो रक्षाको वचनको सम्मान स्वरुप नै कौरबको त्यो विशाल सभामा बहिनि द्रौपदिको चिर हरण हुदा श्रीकृष्णले दाजु बनेर उनको इज्जत, प्रतिस्ठा र सम्मानको रक्षा गर्नुभएको थियो ।
भनिन्छ, दाजुभाइको हातमा बाधिएको रक्षाबन्धनको ती पातलो धागोहरुमा महान शत्रु पनि पराजित गर्न सक्ने शक्ति हुन्छ: अनि रक्षाको डोरो बाधिएको बेला र डोरो बाधिएको त्यो हातले दिदिबहिनी र दाजुभाइ बिच बर्षा हुने ती आसिर्बाद, शुभकामना र शुभेच्छाहरुको उलंघन गर्ने स्वयं यमराजले पनि सक्दैनन रे ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ। यसबाट दिदी बहिनी र दाजुभाईका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ।