रमेश कुमार यादव
रौतहट,१६ भदौ । रौतहट सहित देशभरि नेकपा माओबादी केन्द्रका “घर–घरमा माओवादी ,जन–जनमा माओवादी“भन्ने मुल नाराका साथ जनतासंग माओवादी बिशेष रुपान्तरण तिन महीने अभियान शनिबारदेखि बिधिवत रुपमा सुरु भएको छ ।
गत साउन तेस्रो साता राजधानीमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहि नियर्ण अनुरुप नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गरेका छन ।
शनिबार रौतहट सहित देशभरी सम्माननिय प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी मुख्यालय पेरिसडाँडाबाट भर्चुल माध्यबाट अभियानको उद्घघाटन गर्नु भएको माओवादीले जनाएको छ । पार्टी अध्यक्ष दाहालले रौतहट सहित ६ हजार ७ सय ४३ वडामा एकसाथ भर्चुअल माध्यमबाट अभियान उद्घघाटन गरेसँगै देशभरका अभियान सञ्चालनमा आएका माओवादी केन्द्रले जनाएको छ ।
अभियान अन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराईने बताएका थिए । रौतहटको बृन्दावन नगरपालिकाको १ देखि ९ सम्मका वार्डमा ३ महिने संगठन सुदृढिकरण बिस्तार अभियान सफल पारौं अभियान कार्यक्रमको आज शनिबार भर्चुअल माध्यमबाट उद्धघाटन गरिएको बताएको छ ।
त्यति मात्र नभएर रौतहटको १६ वटा नगरपालिका र दुई वटा गाउँपालिका सहित देशभरका सम्पुर्ण वार्ड लगायत मुलुकमा राजनीतिक परिवर्तन र रूपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य रहेको बताउनु भयो ।
अभियान अन्तर्गत पार्टी अध्यक्ष दाहालले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन, सेवा प्रवाहमा गरिएको सुधार लगायत जनपक्षीय कामको प्रचारप्रसार गर्ने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्ने लगायत गुनासाको प्रभावकारी समाधान खोज्ने माओवादी पार्टीले जानकारी दिएका थिए ।
‘अभियानका क्रममा माओवादी जनताको घरघरमा जानेछ, आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुनेछ’, उनले भने ।यस अभियानले रौतहट सहित देशभर अरु पार्टीहरु भन्दा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र एक नम्बर बन्ने बिश्वास समेत गराएका थिए ।त्यस कारण पार्टीसंग आबद्ध रहेका नेता तथा कार्यकर्ताहरुसंग तन मन धनले लागेर पाटीलाई अगाडी बढाउन बताउनु भएको थियो ।
आसन्न २०८४ सालमा नेकपा माओबादी केन्द्र नम्बर एक हुने बिश्वास लिएको हो । अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पु¥याउने गरी पार्टी र जवस मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पार्ने माओवादीले जनाएको थियो । अभियान टोलीले पालिका, वडा र टोलस्तर सम्म कार्यक्रम सञ्चालन गर्नेछ । अभियान तीन चरणमा सञ्चालन हुने बताउनु भएको हो ।