रमेश कुमार यादव
रौतहट,१८ भदौ । गरुडा नगर उधोग बाणिज्य संघको अध्यक्ष तथा सदस्य पदको चुनाब सम्पन भएको छ । अगामी तीन बर्षे कार्यकालको लागि अध्यक्ष तथा सदस्य पदको चुनाब मध्य रौतहट बहुमुखी क्यापस गरुडामा सम्पन भएको हो ।
गरुडा नगर उधोग बाणिज्य संघको अध्यक्ष पदमा अहिले सन्तोष कुमार चौधरी र सतिश साह चुनाबी मैदानमा होमिएका छन । दुबै उम्मेदवार आफू बहुमतले निर्वाचित हुने दाबी गरिरहेको बताईरहेका छन । उधोग बाणिज्य संघ गरुडासंग आवद्ध रहेका ब्यापारीहरुले बिहान ८ बजेदेखी हर्षोउल्लासका साथ ४ बजेसम्म पंक्तिमा बसेर शान्तिपूर्ण मतदान गरेका छन । गरुडा नगर उद्योग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी अध्यक्ष पदमा १ र सदस्यमा १३ पदका लागि निर्वाचन भएको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् ।
संघको कुल ९ सय ५२ जना मतदाताहरु मध्ये आठ सय ४४ जना मतदाताहरुले मत खसालेका चुनाब अधिकृत पंडित प्रसाद जैसवाल बताएका छन। चुनाव सके लगत्तै आजै बेलुकादेखि मतगणना गरिने मतदान अधिकृत जैसवालले जानकारी गराएका हुन् ।सोही क्रममा गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार सतिश साहसंग कुरा गर्दा आफनो जित कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
आफु सम्पूर्ण उद्योगी एवं व्यापारीको इच्छा र चाहना अनुसार नै उम्मेदवारी दिएकोले आफनो विजयी चाहेर पनि कसैले रोक्न नसक्ने साहले बताएका छन् । गरुडा स्थित रहेको क्याम्पसमा सोमवार पत्रकारहरुसंग कुरागर्दै अध्यक्षका उम्मेदवार सतिश साहले व्यापारीको राय, सुझाव र सल्लाहकै आधारमा आफु गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । आफु सहित आफना पुरै प्यानललाई नै विजयी गराउन व्यापारीहरु निकै आतुर रहेकोले आफनो जित सुनिश्चित रहेको उनले बताए ।
अध्यक्ष पदका उम्मेदवार साहको प्यानलबाट सदस्य पदका उमेदवार सुशिल कुमार साह, अनिल कुमार पंडित, रमेश रौनियार,दिनेश प्रसाद रौनियार, रामईशवर साह, बिनोद दास, सुशिला देवी जैसवाल, मनोज साह गुप्ता,अजय साह सोनार, हेमलाल साह सोनार, छठुप्रसाद साह, दिपेन्द्र यादव, रामअधार साह कानु रहेका बताएका छन ।
यता अर्का अध्यक्ष पदका उम्मेदवार सन्तोश कुमार चौधरीले आफू लगायत आफ्नो प्यानल निर्वाचित हुने दाबी गरिरहेको छ ।आफू सम्पुर्ण ब्यापारीहरुको हक हितको लागि काम गर्ने भनी ईच्छा रहेको र उनिहरुको ईच्छाले नै मेरो उम्मेदवारी कायम रहि जित्ने पनि निश्चित रहेको बताईरहेको छ ।