रौतहट । भदौ १८ गते ।
रौतहटमा कटहरिया नगरपालिका–९ डुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको ५ वर्ष भईसक्दा पनि अहिले सम्म न्यायको गुहार गर्दै छ । स्थानीय दिलिप साहका १२ वर्षीय छोरा युवराजको २०७५ जेठ २६ गते शनिबार राती अपहरणपछि हत्या भएको थियो ।
आफ्नै घरमा सुतिरहेका बालकलाई छिमेकी वडा अध्यक्ष रामअज्ञा यादव र निजको छोरा शक्ति राय यादब साथै भाई सहित १७ जनाको सम्लग्न्तामा अपहरणपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो।
मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद भएको थियो। वडाध्यक्ष यादवका छोरा शक्ति यादवले फिरौतीका लागि युवराजको अपहरण गरेको थियो ।
सो हत्यामा संलग्न रहेको भन्दै १७ जनामाथि जिल्ला अदालत रौतहटमा संगठीत अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो। तत्कालीन जिल्ला न्यायाधीश श्री काजी बहादुर राई माझीले मुद्दा दर्ता भएको १७ जना मध्ये १२ जनालाई सफाई दिई ५ जनालाई जन्म कैदको फैसला सुनाएको मृतकको बुबा साहले बताउनु भयो। साहले जिल्ला अदालतबाट सफाई पाएका १२ जनाले गाउँ समाजमा भयत्रास तथा आतंक मच्चाइरहेक आरोप समेत लगाउनु भयो।सो फैसलाबाट असन्तुष्ट मृतक परिवारले उच्च अदालत जनकपुर, अस्थायी इजलास बिरगंजमा तारिख चलिरहेको पनि बताए।
जिल्ला अदालबाट सफाई पाएका १२ जना र जन्म कैद पाएका ५ जनालाई पूर्ण सफाई दिलाउन जिम्मा लिएका प्रमोद भन्ने व्यक्तिले अदालतको दलाल बनी फैसलालाई प्रभावित पार्न प्रतिव्यक्ति १० लाखको दरले करोडौंको चलखेल गरि न्यायाधीशलाई खरिद गरि अपराधी निकाल्न लागिपरेका गाउलेहरुबाट सुचना पाएको मृतकका बुबा साहले दाबी गर्नुभएको हो।
हामीलाई देशको कानुन,सम्मानित अदालत तथा न्यायाधीश माथि पूर्ण विश्वास छ कि न्यायको जीत हुन्छ `साहले´भने।उक्त घटनाको पाँच जना प्रत्यक्षदर्शीले गवाही दिन जाँदा सो गवाहिहरु लगायत उहाँहरुको परिवारलाई समेत ज्यान मार्ने डर त्रास धम्की दिईरहेको मृत्कको बुवा साहले बताउनु भयो ।यस्ता खुनखार गुण्डाहरुले गर्दा समाजमा नकारात्मक असर पर्नु लगायत देशमा कानुन छैन भन्ने जस्तो लाग्न थाल्यो उनले बताए ।