पवन कुमार उपाध्याय
रौतहट,१९ भदौ । गरुडा नगर उधोग बाणिज्य संघको अध्यक्ष पदमा सतिश साह निर्वाचित भएका हुन्।
साहले निकटतम प्रतिद्वन्द्वी सन्तोष कुमार चौधरीलाई १३९ मतले पराजित गरेका हुन्। साहको तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएका १३ जना मध्य ७ जना र चौधरीको तर्फबाट सदस्य पदमा उम्मेदवारी दिएका ६ जना सहित १३९ मत पाएर साह विजयी भएका हुन् ।
अध्यक्ष पदका उम्मेदवार चौधरीले ३४९ मत प्राप्त गरेको थियो भन्ने साहले ४ सय ८८ मत ल्याएर गरूडा नगर उधोग बाणिज्य संघकाे अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
साहले मेरो जित नभइ सम्पुर्ण व्यपारीको जित भएको जिकिर गर्दै आफ्नो कार्यकालमा सबै व्यपारीलाई साथ र सहयोग गर्ने समेत प्रतिबद्धता गरे ।