२० भदौ,रौतहट।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । केही दिनअघि जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भई आएका प्रहरी उपरीक्षक श्रेष्ठले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका हुन् ।
बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्रकारसंँगको अन्तरक्रियामा एसपी श्रेष्ठले देशको ७७ वटै जिल्लामध्ये अति संवेदनशील जिल्लामा रौतहट पर्दछ त्यसकारण जिल्लाको शान्ति सुरक्षाको विश्वासनीयतासँगैै सुशासन कायम गर्न आफू सधै लागि पर्ने बताए ।
अवैध कारोबार,चोरी,तस्करी,हत्या हिंसा न्यूनीकरण र जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकता रहेको एसपी श्रेष्ठले बताए । “ऐन नियमको परिधिभित्र रहि प्रहरी कार्ययोजना अनुसार काम गर्नेछु `श्रेष्ठले भने´ यसका साथै कार्यालयमा सेवाग्रहीहरु एक्लै आएर पनि सेवा लिन सक्ने वातावरण सृजना गर्छु।
जिल्ला प्रहरी कार्यालय रौतहटमा आउने पिडित कुनै बिचौलियाको भर नपरी आफ्नो पिडा मलाई डाइरेक्ट बताउन सक्ने वातावरण बनाउने र प्रहरी मेरो साथी भएको महसुस गराउने गरि काम गर्ने एसपी श्रेष्ठले बताए ।