रमेश कुमार यादब
भदौं २२,रौतहट।
रौतहट सहित जिल्ला भरिका स्थानिय तहका कर्मचारीहरु कालोपटी बाँधेर आन्दोलन गरेका थिए ।
शुक्रबार २२ गतेका दिन निजामती कर्मचारी सेवा दिवस बृन्दावन नगरपालिकाका कर्मचारीहरु सहित जिल्ला भरिका कर्मचारीहरु बहिष्कार गरेका थिए । स्थानिय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुबिधा र वृद्धि बिकासको सुनिश्चित नभएको भन्दै बृन्दावन नगरपालिकाका कर्मचारीहरु सहित जिल्ला भरिका निजामति कर्मचारीहरु हातमा कालो पटी बाँधेर आन्दोलन गरेका छन ।
बिहिबार २१ गते नगरपालिकाका नियमित प्रमुख प्रशासकिय अधिकृत रास नरायण पटेललाई ८ बुन्दे ज्ञापनपत्र बुझाउदै आन्दोलनका घोषणा गरेका थिए । प्रस्तावित संघीय निजामती ऐन मस्यौदा प्रती बिमती जनाउदै उनिहरुले ८ बुन्दें माग सम्बोधन नभए भदौं २२ गते मनाईने निजामती कर्मचारी सेवा दिवश बहिष्कार गर्ने र बिरोध स्वरुप कालोपट्टि बाधिँ बिरोध जनाउने घोषणा गरेका थिए ।
सोहि अनुरुप बृन्दावन नगरपालिकाको कर्मचारीहरुले हातमा कालो पटी बाधेंर बिरोध जनाएका थिए । प्रशासनिक संरचनामा संघिय निजामती सेवा,प्रदेश निजामती सेवा र स्थानिय निजामती सेवा भने बिभेदकारी नीति राखिएप्रती कर्मचारीको बिमती रहेको छ ।संघिय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने ,सेवा समुहको अधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानिय सेवामा हुनुपर्ने,सरुवा सेवालाई सहमतिका अधारमा नभई अनुमान योग्य चक्रीय रुपमा आउनु पर्ने कर्मचारीहरुको माग रहेको छ ।
त्यस्तै अन्तर प्रदेश सरुवाको ब्यवस्था एकीकृत निजामती सेवा ऐनमा नै खुलाउनु पर्ने ,निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेटनु पर्ने ,संघ,प्रदेश र स्थानिय तहका कर्मचारीहरुको सेवा सुबिधा र वृद्धि बिकास सम्बन्धमा विवेध नभई सम्मान हुनुपर्ने ,प्रमुख प्रशासकीय अधिकृतको पद स्थानिय सेवामा कार्यरत कर्मचारीहरुको पुर्ण सुरक्षाको प्रत्याभुती हुनुपर्ने उनिहरुको माग रहेको छ ।
वर्तमानकाल दैनिक पत्रिका ससम्पादक रमेश कुमार यादबसंग कुराकानि गदैं कृषि तथा पशृु सेवा शाखा प्रमुख ओमप्रकाश मुलले भने प्रस्तावित संघिय निजामती ऐनको मस्यौदामा आफ्ना मागहरु नसनेटीए भने थप आन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका छन ।
संघिय लोकतान्त्रिक शासन् ब्यवस्था माध्यमबाट दिगो शान्ति ,सुशासन ,बिकास र समृद्धिको आकांक्षा पूरा गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने शासन प्रणालीको प्रशासनिक संरचना नै विभेदकारी भएपछि कर्मचारीहरुले काम गर्न सक्ने अवस्था छैन;उनिहरुले बताएका थिए ।
मुल लगायत बृन्दावन नगरपालिका विभिन्न तह तप्काका कर्मचारीहरुले एकै स्वरमा भने हामिमाथि सरकारले विभेद गरेको भन्दै आपति जनाउनुका साथसाथै सम्बन्धित निकायको ध्यानाकर्षण सहित प्रस्तावित संघिय निजामपति ऐनको मस्यौदा ब्यवस्था समाबेश गर्न जोडदार माग गरेका छन ।