रमेश कुमार यादब
भदौं २३,रौतहट
रौतहटको अधिकाश ठाउँमा यौन व्यवसाय बढ्दै गएको छ । जिल्लाको चन्द्रपुरमा पछिल्लो समय त्यहाँका स्थानीय होटल तथा रेस्टुरेन्टमा यौन व्यवसाय बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
चन्द्रपुरको हाईबे राजमार्गमा केही नाम चलेका होटलका अलावा अधिकांश रेस्टुरेन्ट तथा होटलमा यौन व्यवसाय निर्वाधरुपमा चलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रहरी प्रशासनले ध्यान दिन नसकेको स्थानीयहरुको भनाइ छ ।
स्थानीय गणेश लामाले चन्द्रपुरका केही रेस्टुरेन्ट तथा होटेलमा यौन व्यवसाय चरम सीमामा पुगिसकेको बताए । ती होटलमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ । यौनजन्य क्रियाकलाप हुने होटेल तथा लजको वरपरका बासिन्दा झन आजित भएको स्थानीय ओमबहादुर थिङ्गले बताएका छन ।
उनले भने,मेरो घरनजिकैको लजमा यौनजन्य क्रियाकलाप हुन्छ, लजमा यौनकर्मी महिलाको ग्राहक बनेर आउने केही पुरुष लज सम्झेर मेरै घरको ढोका ढक्ढकाउन थाल्छन् । ती लजमा हुँदै आएको देह व्यापार रोक्न प्रहरीलाई पटक–पटक खबर गर्दासमेत प्रहरीले बेवास्ता गरेको उनको भनाइ छ ।
बढी लोभको कारण होटल तथा लजका संचालकहरुले १५÷१६ बर्षसम्मको केटीहरुलाई बोलाई देह ब्यापार गराउने गराएको आरोप लगाएका छन । त्यति मात्र नभई जिल्लाको गौर ,गरुडा ,कटहरिया ,डुमरिया जस्ता चर्चित ठाउँहरुमा यौन ब्यवसाय दिनानुदिन फस्टयाउदै गईरहेको छ ।
त्यसतै गरुडा स्थित रहेको अनिता होटेल एण्ड लजमा बैशाख २० गते छापा मारदा यौन जन्य क्रियाक्लापमा संम्लगन ७ जनालाई पक्राउ गरेका थिए । जसमध्ये २ जना महिला र ५ जना पुरुष रहेको थियो । त्यसतै गत चैत २६ गते गौर नगरपालिका १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेका थिए ।
चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धन्धाहरु प्रहरी प्रशासनको आडमा समेत संचालन भईरहेको स्थानियहरु बताएका छन । होटेल एण्ड लजका संचालकहरु पावरको भर यस्ता कार्यहरु गर्दै आईरहेको र यसले गर्दा समाजलाई झन खराब प्रबृति तिर धकेल्दै गईरहेको छ ।
यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक एसपि महेन्द्र कुमार श्रेष्ठसंग सोध्दा बजारमा देह ब्यापार भईरहेकोबारेमा आफुलाई जानकारी नभएको बताए । तर वहाँले यस्तो गतिबिधि जारी रहेको हो भने आफुले स्थानिय प्रहरीलाई तत्काल नियन्त्रणका लागी निर्देशन दिने समेत बताउनु भयो ।