रौतहट,२४ भदौं। रौतहट गरुडाका ट्राफिक प्रहरी सक्रिय देखिएका छन । जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा स्थित रहेका अस्थाई गरुडा ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक दिनेश रामले अहिले आफ्नो मातहातमा रहेका क्षेत्रमा चेकिङ्ग कडाईका साथ गरिरहेको बताईएको छ ।
दुघर्टना न्युनिकरण गर्न हाम्रो टोली अहिले बिभिन्न ठाउँमा बिहान र बेलुका लापारवाहि देखि मापस गरि चलाईरहेको सवारी साधानलाई नियन्त्रणमा लिने कार्य भईरहेको प्रहरी सहायक निरिक्षक रामले बताएका छन ।
असई रामका अनुसार रौतहटमा प्रायःजसो भारतिय गाडी कतिपय नेपाली सवारी साधनको नम्बर प्लेट देखि लिएर धेरै तिब्र गतिमा चलाएको कारण दुघर्टना समेत हुने गरेको बताउनु भयो । उक्त दुघर्टना न्युनिकरण गर्न हाम्रो टोली नेपाल प्रहरीका जवानसंगै चेकिङ्ग गरिरहेको बताए । रातिको समयमा अधिकाश मानिसहरुले रक्सी खाएर मोटरसाईकल चलाउने गरेको साथै बिना हेल्मेटको सवारी चलाईरहेको पाईन्छ ।
त्यस्ता ब्यतिmलाई रोकि पहिलो पल्ट सम्झाई बुझाई गरि छोडने गरेको समेत बताए । कतिपय मोटरसिाईकल चलाउनेहरु हेल्मेट नलगाई चलाउने गरेको पनि पाईन्छ । त्यस्ता मानिसलाई हेल्मेट लगाई चलाउन र दुघर्टनाबाट आफु बच्न र अरुलाई बचाउन पनि आग्रह समेत गरेको असई रामले बताएका छन ।
खासगरि रौतहटमा भारतिय सवारी साधानहरु निर्वाध रुपमा चल्ने गरेको छ ।तर उनीहरुसंग मोटरसाईकलको कागजपत्र समेत नरहेको हुँदा त्यस्तासंग जोखिमको झन बढि समस्या रहेको बताउनु भयो । भारतिय मोटरसाईकलले कसैको दुघर्टना हुँदा खोजतलास गर्न समेत समस्या हुने गरेको छ ।त्यसैले त्यस्ता मोटरसाईललाई नियन्त्रण गर्न लागी परेका बताउनु भयो । त्यति मात्र नभई हाम्रो टोलीले सडक सुरक्षा हाम्रो प्राथमिकता सवारी दुघर्टना न्युनिकरण अभियान बिधालयहरुमा समेत चलाईएको बताउनु भयो ।
सडकमा हिंडदा कसरी हिडने कुन साईडबाट हिडदा दुघर्टना हुने चिन्ता नहुने भनि बिधालयका बालबालिकाहरुलाई प्रशिक्षण समेत दिएका बताउनु भयो । प्रहरी सहायक निरिक्षक रामले भने गल्त दिशाबाट चलाउदा उनीहरुलाई जरिवाना समेत गर्ने गरेको बताउनु भयो ।
वहाँले भने ट्राफिक बत्ती (च्भम ष्निजत )ले रोक्न संकेत गरेकोमा नरोकेमा ,सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ,सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेमा ,सडकमा गलत साईड तर्फबाट सवारी चलाएमा , एकतर्फी सडकमा सो विपरित सवारी चलाएमा ,अवस्था ठिक नभएको सवारी चलाएमा ,राति बत्ति नबाली सवारी चलाएमा , सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएमा , नम्बर प्लेट नराखी सवारी चलाएमा ,. पेटी नवाँधि वा हेल्मेट नलगाई सवारी चलाएमा , सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेमा , लापरवाहिका साथ सवारी चलाएमा , सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएमा
, स.चा.अ.प.,स.द.कि.,स.इ.प.साथमा नराखी सवारी चलाएमा , ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएमा , ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिएमा , सार्वजनिक स्थानमा अरुलाई बाधा पुग्नेगरी मालसामान वा सवारी राखेमा ÷चलाएमा , गति निर्धारण गरिएको स्थानमा सो निर्धारित गतिभन्दा बढी गतीले सवारी चलाई उल्लघङ्गन गरेमा पाँच सय देखि करिब १ हजार पाँच सय सयसम्म जरिवाना तिराउने गरेको प्रहरी सहायक निरिक्षक रामले बताउनु भयो ।
रौतहटमा सवारी साधन नियम बिपरितबाट चलाईएकोमा उनीहरुबाट दिनहु करिब दश हजार रुपैया राजस्व संकलन भईरहेको बताउनु भयो