रौतहट,२५ भदौ। रौतहट जिल्लाका गरुडा निवासी स्वर्गीय बच्चु प्रसाद साहका छोरा हाल अस्ट्रेलियाको रिभरस्टोन मा बसोबास गर्दै आएका परमानन्द साह एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा)का उपाध्यक्षमा सर्बसहमतिले चयन भएका छन् ।
रौतहट जिल्लाको गरुडामा स्थाई बसोबास रहेका साहका बुवा स्वर्गीय बच्चु प्रसाद साह पनि एउटा कुसल र सफल ब्यबसायी थिए।२०१३ मा अस्ट्रेलिया पुगेका प्रमानन्द आफ्नो मेहनत र लगनशीलताले छोटो समयमा एक सफल व्यवसायी बनेका हुन।नव–निर्वाचित साह अस्ट्रेलियामा नेपाली समुदायका एक सफल युवा व्यवसायी हुन् ।
ड्नीको ग्रयान्भिलमा १० सेप्टेम्बरमा भएको वार्षिक साधारणसभाबाट साह लाई सर्वसम्मति बाट उपाध्यक्ष पदमा चयन गरिएको हो ।अध्यक्ष पदका लागि अन्य २ जनाले मनोनयन दर्ता गराए पनि उपाध्यक्ष पदमा साह एकल उमेदवार रहेका थिए ।साहको कार्यसमितिमा सबै पदाधिकारी सर्वसम्मत भएको बताइएको छ ।
उपाध्यक्षमा परमानन्द साह चयन भएका छन् भने अस्ट्रेलियाका युवा व्यवसायी तथा क्लिनिङ, कन्स्ट्रक्सन, रेष्टुरेन्ट र हाउजिङको व्यापार रहेका कुशल तथा सफल ब्यबसायी रञ्जिपत साह अध्यक्षमा निर्वाचित भएका छन्।यस्तै समितिको महासचिबमा विकास झा ,कोषाध्यक्षमा सुरेन्द्र साह र कार्यक्रम संयोजकमा राकेश साह सर्वसम्मत भए छन् ।
सहकोषाध्यक्षमा रंजित दास चयन भएका छन् । कार्यसमिति सदस्यमा आरती साह, मोहम्मद सैफअली खान, प्रिया गुप्ता र विजयकुमार साह रहेका छन् ।एशोशिएसन अफ नेपाल तराई इन् अस्ट्रेलिया(एन्टा) अष्ट्रेलियाको न्युसाउथ वेल्स राज्यमा दर्ता भएको मधेसीहरुको पहिलो र सबैभन्दा पुरानो संस्था हो ।नव–निर्वाचित उपाध्यक्ष साहको अष्ट्रेलियामा क्लिनिङको व्यापार रहेको छ ।