रौशन चौधरी
भदौं २५,रौतहट
कटहरिया नगरपालिका स्थित रहेको बजारमा अन्डरग्राउन्ड बिधुतिय लाईन हुने भएको छ ।कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसावलले पत्रकारसंग कुराकानि गर्दै अव देखि कटहरिया नगरपालिकाको वार्ड नं.४ र ५ अन्तर्गत पर्ने कटहरिया बजारमा पोलबाट नभएर जमिन मुनिबाट बिधुतिय लाईन प्रशारण हुने बताउनु भयो ।
नगर प्रमुख जैसवालले भने बजार क्षेत्रमा पोलबाट प्रशारण हुने लाईनले धेरै जोखिम रहेको हुँदा यस्ता निर्णय लिएको बताउनु भयो । बजार क्षेत्रमा पोलबाट वरिपरि प्रशारण भएको तारले आगलगी हुने जस्ता घटनाहरु घटिरहेको हुँदा यसले नियन्त्रणमा लिने बिश्वास समेत लिनु भएको बताउनु भयो ।त्यति मात्र नभएर बजार क्षेत्रमा आवत जावत गर्ने अग्लाअग्ला सवारी साधनसंग छुदाँ तार चुडीने र मर्मत गर्न धेरै दिन लाग्ने हुँदा ब्यापारी ,लाईनबाट प्रसारण हुने मसिनहरु समेत कयौंदिन बन्द रहने जस्ता समस्याले ब्यापारी लगायत सेवाग्राहीहरु मारमा पर्ने भएको थियो । त्यस अनेकौ समस्याहरुको गुणसो दिन्हु आउने गरेको कारण यस्ता समस्यालाई जडदेखि नै समाप्त पार्ने उदेश्यले जमिनमुनिबाट बिधुतिय लाईन नै बजार क्षेत्रभरि प्रशारण गर्ने बताउनु भयो ।
यसको लागी नगर प्रमुख जैसवालले एक कम्पनीसंग सम्झौता गरि काम अगाडी बढाउने बताउनु भयो । आईतबार नगर प्रमुख जैसवालले आफ्नो कार्यकक्षमा टाटा कम्पनीका इन्जिनियर अरुण शुक्ला बिच कटहरिया बजार क्षेत्रभरिमा अन्डरग्राउन्ड बिधुतिय लाइन प्रशारणको काम एक हप्ता भित्रमा काम सुरु हुने सहमती भएको बताउनु भयो ।