रमेश कुमार यादब
भदौ २५,रौतहट
गरुडा नगरपालिकामा बालबालिको बस्तु स्थिती बिवरण २०८० को अन्तिम मस्यौदा प्रस्तुती एवम् प्रमाणिकरण गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाललाई एक कार्यक्रमबिच बुझाईएको छ । गरुडा नगरपालिकाको सभाहलमा वल्र्डभिजन ईन्टनेशनल तथा आरडिसि नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा आरडिसि नेपालको अध्यक्ष पारस हुसैन र कोषाअध्यक्ष ममता झाले उक्त पुस्तक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन बाल कल्याण अधिकारको अस्मिता यादबले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता तथा गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालले सम्बोधन गर्दै भने आरडिसि नेपाल तथा वल्र्डभिजन ईन्टरनेशनलले हाम्रो नगरपालिकामा बालबालिकाको हकहितको लागी चाल्नु भएको कार्य एकदम सराहनिय रहेको बताउनु भयो ।

बालबालिकालाई अहिले सबै जनाले अध्यन अध्यापन गराउनमा चासो नलिएको प्रति आपति समेत जनाउनु भएको थियो । बालबालिकाको अधिकार ,बालबालिकाको संरक्षण , बालबालिकाको लालनपोषण,खानपिन,पढाईप्रति ध्यान नदिदा बालबालिकामा बिभिन्न किसिमको रोगसमेत लागने गरेको बताउनु भयो । तर त्यस्ता कार्यलाई न्युनिकरण गर्न यो संस्थाले लागी परेकोमा धेरै नै खुसि लागेको बताउनृु भयो ।
अव हाम्रो नगरपालिकाको सबै बालबालिकाहरुको अधिकार पाउने पर्ने सेवा सुबिधा मिल्ने आशा रहेको बताउनु भयो ।बालअधिकार भनेको बालबालिकाहरुको शारिरिक बौद्धिक,सामाजिक तथा नैतिक बिकासका लागी चाहिने न्यनतम आवश्यकताहरु ज्स्तै पोषिलो खाना ,औषधी उपचार ,माया स्नेह ,संरक्षण ,शिक्षा आदी नै बालअधिकार हो । त्यस कारण बालअधिकार र बालसंरक्षण पाउन उनीहरुको अधिकार रहेको बताउनु भयो ।बाल अधिकारलाई अझ बुझने हो भने यसलाई चार वटा बिभिन्न अधिकारमा बाडिएको बताउनु भयो ।

त्यसतै कार्यक्रमको सम्बोधन गर्दै आरडिसिका अध्यक्ष पारस हुसैनले गरुडा नगरपालिकालाई बालमैत्री बनाउने ईच्छा रहेको बताउनु भयो । अहिलेको समयमा बालबालिकालाई बालअधिकारको हनन गरि होटेलमा काम गराउने , ईँटाभाटामा काम गराउने जस्ता कार्यहरुलाई बन्द गराउन र उनीहरुलाई शिक्षा प्रदान गराउने, बालअधिकारको हक दिलाउने हाम्रो संस्थाको मुख्य लक्ष्य रहेको बताउनु भयो ।
अध्यक्ष हुसेनले भने बालबालिको संरक्षण ,बालबालिकाको प्रबर्धनका लागी सरोकारबाला ,बालमैत्री नगर वडा घोषणा गराउने ,बस्तु स्थिती ,शिक्षामा बालबालिकाको अवस्था,उनीहरुको स्वास्थ्य अवस्था कस्तो छ भने बुझने र त्यसलाई सुधारमा ल्याउने उदेश्य सहित नगर प्रमुखलाई बालबालिकाको बस्तु स्तिथी बिवरण २०८० को अन्तिम मस्यौदा नगर प्रमुख जैसवाललाई एक कार्यक्रम बुझाएको बताउनु भयो । उक्त कार्यक्रममा नगर पालिकाको नगर कार्यपालिकाको सदस्य ,बिभिन्न वार्डका वडाअध्यक्षहरु ,नगरपालिकको नियमित प्रमुख प्रशासकिय अधिकृत हेमराज फुयाँल ,आरडिसि कार्यक्रमको संयोजक श्रीलाल सरदार ,बिकास थापा ,बिभा पाण्डे लगायत संचारकर्मिहरुको सहभागिता रहेको थियो ।
