रमेश कुमार यादब
भदौं २६,रौतहट ।
मंगलबार बिहानै परेको पानीले रौतहटमा गर्मिबाट राहत महसुस भएको हो । रौतहटमा केहि दिनदेखि रातदिन एकनासले बढेको गर्मीले जनजिवन प्रभाबित बनेको थियो ।
दिनभरीको टन्टलापुर घामले मानिसहरु तथा कमैयाहरु काम गर्न घरबाट निस्कन समेत समस्या परिरहेके थियो । दिनभरीको टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी खेपिरहेको यहाँका स्थानियले राती समेत हपक्क गर्मी हुँदा राम्रोसंग सुत्न पनि पाएका थिएन । भदौको अन्तिम सातातिर आएर रौतहट सहित यस आसपासका जिल्लाका बासिन्दाले अत्याधिक गर्मी खेप्नु परेको हथियो ।
गर्मि धेरै रहेकाले हरेक मानिस असिनपसिन भएर दिन काटन बाध्य भएका थिए । यहि गर्मिका बेला बिजुली बती छिनछिनमा कटने हुँदा स्थानियहरुमा छटपटी पर्ने अवस्था रहेको थियो । गर्मिले गर्दा धेरै मानिसहरुमा टाउको दुखने ,शरिर कमजोर भएको महसुस हुने ,ज्वरो रुघाखोकी जस्ता गर्मिजन्य संक्रमण बढेको पाईन्छ ।
चिकित्सकले यस्तो समयमा पर्याप्त पानिी पिउन ,चर्को घाम लागेको बेला सकेसमम घरबाट ननिस्कन र घरमै बस्न ,ताजा र तागतिला खानेकुरा खान र स्वास्थ्यको ख्याल गर्न सुझाव दिईरहेका छन । यस क्षेत्रमा केहि दिनदेखि बेलाबेलामा मौसम धुम्म भएपनि पानी पर्न नसकीरहेको थियो । दक्षिणी भेगका किसानहरु धान पसाउने बेला भएकाले आकाशे बर्षाको भरमा खेती हुने क्षेत्रका किसान बर्षाको प्रतिक्षामा बसेका छन ।
सिँचाई सु्बिधा नरहेको ठाउँका किसान आकाशे बर्षा तत्काल नभए मुखैमा आउन लागेको धान बाली प्रभावित हुने हो कि भन्ने चिन्तामा परेका हाम्रा संवाददाताले जानकारी दिएका छन । तर आज बिहानै एक झर परेको पानीले किसानहरुमा राहत मिल्नुको साथसाथै गर्मिबाट पनि राहत महसुस भईरहेको बृन्दावन नगरपालिकाको किसान सत्यनरायण राय यादब ब्यासले बताएका छन ।
यादबका अनुसार आज (मंगलबार) बिहानै परेको पानी धान बालीलाई अमृत सरह भएको बताउनु भयो र यसको साथसाथै धानबालीमा लागेको किरा फटयाङ्गग्रा समेत झर्ने गरेकोले किराको प्रकोप समेत कम हुने बिश्वास गर्नु भएको हो ।