रमेश कुमार यादब
भदौं २६,रौतहट।
गरुडा नगरपालिकामा संचालित ईन्कुलिसिभ प्लेफुल पारेन्टिङ फोर ब्राईटर चाईल्डहुड १८ महिने प्रोजेक्ट कार्य सम्पन भएको छ ।
गरुडा नगरपालिका स्थित रहेको नवीन गेष्ट हाउसमा सोमबार एक कार्यक्रम बिच समापन भएको हो । वल्र्डभिजन ईन्टनेशनल नेपाल तथा आरडिसी नेपालले आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवाल रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि आरडिसि नेपालको अध्यक्ष पारस हुसैन रहनु भएको थियो । ईन्कुलिसिभ प्लेफुल पारेन्टिङ फोर ब्राईटर चाईल्डहुड १८ महिने प्रोजेक्ट कार्यक्रमलाई सुजन खतिवडाले बिस्तृत रुपमा जानकारी दिनु भएको थियो ।
गरुडा नगरपालिकामा संन्चालनमा रहेको १८ महिने कार्यक्रमले बिभिन्न कार्य गरेको खतिवडाले बताउनु भयो । नगरपालिकामा वल्र्डभिजन ईन्टरनेशनल नेपालको सहकार्यमा तथा आरडिसि क्ष्लअगिकष्खभ उबिथाग िउबचभलतष्लन ायच ब दचष्नजतभच अजष्मिजययम उचयवभअत मार्फत ० देखि ६ बर्ष मुनिका बालबालिकाको सर्वाङ्गीण बिकासको क्षेत्रमा ग्रामिण बिकास केन्द्र (आरडिसि) नेपालले समेत काम गरेको बताउनु भयो ।
बालबालिकाहरुमा अहिले धेरै भेदभाव हुँदै गईरहेको पाईएको छ र कतिपय आमाबुवाहरुले गर्भ अवस्थामा नै बच्चालाई मार्ने गरेको भेटिएको छ । त्यस्ता कार्यलाई निरुत्साहित गर्न हाम्रो संस्थाले नगरपालिकाको बिभिन्न गाउँघरहरुमा अभियान समेत चलाएको र बालबालिकाको उज्जवल भबिष्यको लागी सक्रात्मक भुमिका खेलेको समेत बताउनु भयो ।
खतिवडाको अनुसार यस संस्थाले गर्भाअवस्थामा रहेका महिलाहरुको लागी कक्षा संन्चालन देखि लिएर गर्भाअवस्थामा रहेका बालबालिका कसरी राम्रो हुन्छ भने सम्पुर्ण त्यारी गरि सिकाउने काम गरेको बताउनु भयो । वहाँले भने हामी गो बेवी गो सेशनमा समाबेश भएका अभिभावक÷स्याहारकर्ताहरुले आफ्ना नानी बाबुहरुलाई प्रर्याप्त मात्रामा समय दिनुका साथसाथै घरको वातावरणमा सफा राख्दै नानी बाबुहरुलाई आवश्यक पर्ने खेलौना निर्माण तथा नानीबाबुहरुसंग खेल्ने समेत उपलब्ध गराएका ।
घरमा प्रयोगपश्चात फालिने बिविध किसिमका स्थानिय समाग्री जस्तै प्लास्टिक,कागज ,काट ,बोतल ,पराल आदि प्रयोग गयरि बालबालिकाको निम्ति बिभिन्न आकर्षक खेल सामग्री निर्माण गर्न सक्षम भएका बताउनु भयो । त्यति मात्र नभएर बालबिकास कक्षा कोठाको आकर्षक स्वरुपको कारण समुदायको स्वत सहयोग तथा चासोमा बृद्धि भएको ,जसका कारण बालबिकासमा बालबालिकाको संख्यामा बृृद्धि भएको दावी गर्नु भयो ।
बालविकास सहजकर्ताहरुलाई बिभिन्न शैक्षिक समाग्रीहरुको निमार्ण तथा प्रयोग गर्दै बालमैत्री शिक्षण सिकाईमा सक्षम भएका ठोकुवा गर्नु भयो । यस प्रयोजनाबाट अहिलेसम्म ५ हजार २ सय ३७ मानिस लगायत बालबालिका लाभान्बित भएका बताउनु भयो । त्यति मात्र नभएर नगरपालिका अन्तर्गत रहेको अति कमजोर अवस्थाका बिधालयहरुलाई मर्मत संभार समेत गरेको जानकारी दिनु भयो । बिधालय बालबालिकाहरुको लागी दोस्रो ठुलो पाठशाला समेत रहेको हुनाले त्यसलाई प्राथमितामा राखेर मर्मत संम्भार समेत गरेको बताउनु भयो ।
मर्मत संम्भार गरेको बिधालयहरु जस्तै ः गरुडा नगरपालिकाको वार्ड नं.३ मलाहिटोल स्थित रहेको श्री अधारभुत बिधालय ,गरुडा नगरपालिकाको वार्ड नं.६ पोठियाहि रहेको श्री शिव शंकर बिधालय ,सोहि पालिकाको वार्ड नं.७ भिम्डावर अन्तर्गत रहेको श्री शिव शंकर मा.बि बिधालयमा यस्ता संस्थाले लाखौं रुपैंयाको लागतमा बालबिकास केन्द्रको मर्मत सम्भार गरेको र वार्ड नंं.५ महम्मदपुर स्थित रहेको बौधिमाई अधारभुत बिधालय ,वार्ड नं.६ पोठियाहि अन्तर्गत रहेको श्री शिवशंकर मा.बि बिधालय ,वार्ड नं.३ मलाहि टोल अन्तर्गत श्री अधारभुत बिधालय र वार्ड नं.७ भिम्डावर स्थित रहेको भिम्डावर बिधालयहरुमा पनि लाखौंको लागतमा बिधार्थीहरुको लागी शुद्ध खानेपानी तथा शौचालयको मर्मत संम्भारको कार्य गरेको बताउनु भयो ।
त्यसतै कार्यक्रमको प्रमृुख अतिथि तथा नगर प्रमुख जैसवालले भने नगरमा बालबालिकाहरुको लागी गरेको कार्य एकदम सराहनिय रहेको बताउनु भयो ।साथै दुबै संस्थाले जुनजुन वार्डमा गरेको कार्य उदाहरणिय रहेको बताउदै आउँदो दिनमा नगरका सम्पुृर्ण वार्डम ागर्न आग्रह समेत गर्नु भएको थियो ।
यो कार्यक्रम अहिले रौतहटको गरुडा र माधव नरायण नगरपालिकामा संचालित रहेका छन । उक्त कार्यक्रममा गरुडा नगरपालिकाको बिभिन्न वार्डको वडाअध्यक्षहरु ,वार्डसदस्यहरु ,कर्मचारी लगायत संचारकर्मिहरुको समेत सहभागिता रहेको थियो ।