बर्तमानकाल दैनिक संम्वाददाता
भदौं २८,
सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मान सहित अन्त्येष्टि गरिंदै छ । उनको अन्त्यष्टि अघि अहिले शव यात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो । बालुवाटारमै सेनाले सलामी दिएको छ ।
शव यात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुगेको छ ।नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको थियो ।
नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएकोले आज सरकारले शोक बिदा दिएको छ ।