रमेश कुमार यादब
भदौ २८,रौतहटं
रौतहटको गरुडा स्थित रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइले फेरि भेटौला कार्यक्रम सम्पन गरेको हो । जिल्लाको मध्यभागामा अवस्थित तथा ब्यापारीक नगरी भनी चिनिने गरुडा नगरपालिका स्थित रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ कार्यलय रौतहटका कार्यालय प्रमुख नि.बरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्र र ईकाईका प्रशासन शाखा प्रमुखमा कार्यरत केशव राय यादबलाई फेरी भेटौला कार्यक्रम मार्फत धुमधामसंग दोसाला ,फुलमाला र टिका लगाई स–सम्मान तथा बिदाई गर्नु भएको थियो । बिदाई कार्यक्रमको संन्चालन शत्रुधन महतोले गर्नु भएको थियो ।
बिदाई कार्यक्रमको सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको वार्ड नं.७ को वडाअध्यक्ष मदन पाल भेडिहरले भने उच्च शिक्षा हासिल गर्न चाईना जान लाग्नु भएकोमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइका नि.बरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्रलाई धन्यबाद दिनु भएको थियो । वडाअध्यक्ष पालले भने हाम्रो रौतहटको एक कुशल र निडर अधिकृत बनेर कृषि पेशामा काम गर्ने र कृषकहरुसंग मिलिजुली काम गराउने ब्यक्तिको रुपमा परिचित भएको बताउनु भयो ।
वहाँले भने रौतहटमा दुई बर्षदेखि यस कार्यालयमा एक उर्जावान बनेर काम गर्नु भएको सराहनिय कार्यप्रति किसान धेरै नै खुसि लागेको बताउनु भयो । तर यस्ता उर्जावान र लगनशिल मिहेनेती अधिकृत हामिबाट टाढा जान लागेकोमा दुख समेत लागेको बताउनु भयो । तर पनि हामिबाट टाढा गएर कृषिमा झन उच्च शिक्षा हासिल गरि किसानलाई काम गर्न राम्रो तरिका सिकाउने पनि बताउनु भयो ।
सोहि कार्यक्रमको बिउ समन्यवन समिति रौतहटको संयोजक बलिराम साहले यहाँका किसानलाई तल्लो स्तरबाट उठाई कृषि क्षेत्रमा ठुलो योगदान पुर्याउनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्नु भएको थियो । साथसाथै बिदेशबाट राम्रो ज्ञान आर्जन गरि फेरी हाम्रो रौतहटबासिलाई कृषिपेशामा अगाडी बढाउनमा मदत गर्ने बिश्वास लिएको बताउनु भयो ।
त्यसतै सोहि कार्यक्रममा चन्द्रपुर नगरपालिका–८ का किसान रोहित चौधरीले भने रौतहट एक कृषि पेशामा पिछिडिएका जिल्ला हुन । जहाँ किसानहरुले कृषिमा काम गर्न पछाडी परेका हुन तर अधिकृत मिश्रको सहयोग र योगदानले अगाडी बढेका छन । वहाँले भने म एक कम्पयुटर अधिकृत भएतापनि किसानको पिडा देखेर यस क्षेत्रमा यस परियोजनाको अधिकृत मिश्रको प्रेरणाले जृुटेको बताउनु भयो । वहाँले प्रेरणा र गुणले आजको समयमा रौतहटका किसान अगाडी बढेको र कृषि क्षेत्रमा राम्रो आय आर्जन गर्नमा समेत सहयोग मिलेको बताउनु भयो ।
अधिकृत मिश्र एक युवा त्यसमा पनि जोसजागर र मिहिनेती रहेको हुँदा उहाँसंग काम गरेर मलाई पनि यस क्षेत्रमा एक उर्जा मिलेको बताउनु भयो । तर आज वहाँ हामिबाट उच्च शिक्षा आर्जन गर्न टाढा जान लाग्नु भएको दुखको साथसाथै खुसि समेत लागी रहेको बताउनु भयो किन भने वहाँ बिदेशमा गएर अझै कृषि गर्न राम्रो ज्ञान आर्जनले हामिलाई पनि राम्रो ज्ञान प्राप्त गराउने भन्ने आशा रहेको बताउनु भयो ।
त्यसतै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइका नि.बरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्रले भने यहाँ हाम्रो दुई बर्षको कार्यकाल सुखमय बितेको बताउनु भयो । रौतहटका कृषक र उनीहरुको माया प्रेम स्नेहले मलाईपनि यस क्षेत्रमा काम गर्न उर्जा मिलेको बताउनु भएको थियो ।
यहाँ काम गर्दा हाम्रो परियोजनाका सम्पुर्ण कर्मचारीहरुको सहयोगले आज रौतहटमा एउटा ठुलो छाप छोडन पाएकोमा म आफुमाथि धेरै नै गौरवान्वित भएको बताउनु भयो ।
पत्रकारसंग कुरा गर्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ रौतहटका अधिकृत मिश्रले भने म चाईनामा उच्च शिक्षा अध्यन गर्नको लागी mofcom scholarship df master program of fisheries science पढनको लागी चाईनाको Nanjiyang Agriculture university जान लाग्नु भएको बताउनु भयो । त्यहाँबाट अझै राम्रो तरिका बिधि सिकेर आएर तपाईहरुसंग काम गर्न मौका पाउँदा झन राम्रो हुने बिश्वास लिएको बताउनु भयो ।
त्यसतै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइका प्रशासन शाखा प्रमुखमा कार्यरत केशव राय यादबलाई समेत फेरी भेटौला कार्यक्रम एवम् बिदाई समेत गर्नु भएको थियो ।
वहाँ यस कार्यालयमा कार्य गरेको दुई बर्ष भएको बताउनु भयो । वहाँले भने गत २०७८ माघ ३ गते कार्यभार सम्हालेको थिए ।
यहाँ काम गर्दा बिभिन्न किसिमका कुराहरु सिक्न र सिकाउन पाएकोमा धेरै खुसि लागेको बताउनु भएको थियो । यस क्षेत्रमा काम गर्दाै कृषकहरुबाट पाएको माया स्नेह अविस्मरणिय रहने बताउनु भयो । आज यस क्षेत्रबाट काम गरेर जिल्लाको चन्द्रपुर मालपोत कार्यालयमा काम गर्न जान लागेको बताउनु भयो ।
रौतहट जिल्लाको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइलाई सर्लाहिको परियोजनासंग मर्ज गरेको जानकारी समेत दिनु भयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाइ रौतहट र सर्लाहिका प्रमुखको रूपमा वरिष्ठ कृषि अधिकृतको रुपमा रामबलम साह काम गर्ने भएको बताउनु भयो ।
बिदाई कार्यक्रममा कार्यालयका सम्पुर्ण कर्मचारी तथा यस एकाई कार्यालयबाट आवद्ध रहेका कृषिहरुले खादा,माला र टिका लगाएर स–सम्मान (बिदाई) गर्नु भएको थियो ।