बिमलेश कुमार झा
२८ भदौ,रौतहट। रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पिपरिया निवासी जमिरी रामको दुईवटा छोरा र दुईटी छोरी छन्।उनी अहिले दलित समुदायको लागि एउटा उदाहरण बन्न पुगेका हुन्। अतिविपन्न परिवारमा जन्मेका जमिरी रामले छोरालाई सफल बनाउन धेरै संघर्ष गरेका छन्।
पैसाको अभावले उनले बाल्यकाल देखि नाचगान गर्न थाले। जमिरी रामले झण्डै २५ वर्ष नाचगानमा बिताउदा उनीसँगै जेठा छोरा पनि नाचगान तर्फ अग्रसर हुदै गरेको देखेर जमिरीले चितवनमा गएर कबाडीको काम गर्न थाले र छोरालाई राम्ररी शिक्षा दिने तर्फ केन्द्रित भए। आफू जस्तो छोरालाई नबनाउने अठोटका साथ जमिरी राम कबाडीमा र उनकी श्रीमती गाउघरमा मजदुरी गर्न थालिन।
जेठा छोरा मिथुन रामले एसएलसी पास गरि भेटनरी पढ्ने इच्छा गरे तर बिरगंजमा दुई महिना भेटनरिको कक्षा लिई पैसाको अभावमा पढ्न नपाए पछि २०७५ सालमा नेपाल सशस्त्र प्रहरी बलमा आवेदन दिए र उनलेे पास पनि भए। मिथुनलाई नेपाल सशस्त्र प्रहरी बनेको देखेर जमिरि रामको सबै परिवार खुसीले गदगद भए। उनले जेठा छोरा झै आफ्नो कान्छो छोरा सुनिल रामलाई राम्ररी शिक्षा दिन आफ्नो डेढ कठ्ठा जग्गा बन्धक राखे।
सुनिल रामले प्रविणता प्रमाणपत्र तह पास गरिसके पछि उनको बुबा जमिरी रामले उनलाई नेपाल प्रहरीमा आवेदन दिन लगाए तर सुनिललाई नेपाली सेना बन्ने सपना थियो। सुनिलले २०७९ सालमा नेपाली सेनामा छनौट भइ गत भदौ २५ गते तालिम पूरा गरि पासआउट पनि भइसकेको छ।
जमिरीले दुइटै छोराको जीवन सफल भइसकेको छ अब पक्काको घर बनाइ राम्रोसँग जीवन निर्वाह गर्ने अन्तिम इच्छा रहेको बताएका छन्। दलित समुदायमा एउटै परिवारको दुईटै छोरालाई सरकारी जागिरे भएको देखेर गाउलेहरु जमिरीको छोरा झै मेहनती बन्नका लागि आआफ्ना छोरालाई उदाहरण दिन्छ।