धनुषा,२९ भदौ। नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा एक बालकको मृत्यु भएको छ ।
स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज बिहान बालक रोहन नालामा खसेका थिए ।
स्थानीयका अनुसार नालामा ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।
मधेस प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ।