वर्तमानकाल दैनिक समाचारदाता
असोज ०४,रौतहट । रौतहट जिल्लाको कटहरीया नगरपालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साहको कारण नगरपालिका बदनाम भएको छ ।
बिगत चार वर्ष देखि नगरपालिकामा काम गदै आईरहेको प्रशासकिय अधिकृत साहले काला नागको जस्तो कुन्डली मारेर बसेको स्थानियहरुले बताएको छ । अधिकृत साहको कारण सिङ्गो नगरपालिका बदनाम भएको जनप्रतिनिधि लगायत स्थानियहरुले बताएका छन । बिगत चार बर्षदेखि अधिकृत साहले यस नगरपालिकामा काला नाग जस्तो कुन्डली मारेर बसेको र आफ्नो मनोपली गरि नगरपालिकालाई कमाउ धन्दा बनाएको नाम नबताउने सर्तमा नगरपालिकाको एक कर्मचारीले बर्तमानकाल दैनिक पत्रिकालाई बताएको हो ।
कमिसनको लागी श्रावण महिनामा नै कयौं बोलपत्र शिलबन्दीको सुचना अबैध रुपमा कमिसनको लागी गरिएको एक वडाअध्यक्षले बताउनु भएको हो । असोज ४ गते अवकाश हुने समय भएको कारण हतार–हतारमा खाता खुल्लाई रकम हिनामिना गर्न र आफु पैंसा निकाली मालमाल हुने मनासायले यस्तो गरेको बुझिएको हो । कार्यपालिका योजना तर्जुमा बाँकी नै रहेको हुँदा हतार–हतारमा सोको पछाडीको मितिमा नै बिभिन्न शिर्षकको बोलपत्र अहवानको सुचना निकालिई लाखौं रकम घोटाला गरिएको एक जना वडाअध्यक्षले बताउनु भयो ।
त्यति मात्र नभई नगरपालिकाका नियमति प्रमुख प्रशासकिय अधिकृत साहले आफ्नो हकहितमा काम गर्ने एक करारका कर्मचारी राखि दुबै जनाले नगरपालिकालाई तहसनस बनाएको गुनासो समेत बढन थालेको छ । अधिकृत साहले आफ्नो हालिमोहाली एक करारको कर्मचारी संजित साहलाई राखेर आफुले भनेको कुरा मात्र गर्ने भनि राखेको छ । अधिकृत साह र करारको कर्मचारी संजित साहको कारण नगर कार्यालयको काम प्रति जनस्तरबाट गुनासो बढेका छन ।
नगरपालिकाले लिने कमिसनको अतिरिक्त साहलाई अग्रिम जम्मा नगरे सम्म भुक्तानी प्रोसेस सुरु गर्न दस थरिका बाहाना र निकै आनाकानी गर्ने गरेको एक जना वडाअध्यक्षले समेत नाम नबताउने सर्तमा जानकारी दिनु भयो । अधिकृत साहले बिगत तिन बर्षदेखि बिरामिहरुको आखाँ चेकजाँच गर्न भनि कार्यक्रम राख्दै आईरहेको पनि वडाअध्यक्षले जानकारी दिनु भएको हो ।
वडाअध्यक्षको अनुसार अधिकृत साहको आफ्नो निजि हस्पिटल रहेको कारण यस्तो प्रपोजल साोहि अस्पतालको स्विकार गदै आईरहेको बताउनु भयो । गत आर्थिक बर्षमा अन्दाजी करिब २३ लाखको आँखा उपचारदेखि मोतियाबिन्दु भएका बिरामिलाई अप्रेशन गर्ने भनि कार्यक्रम रहेको भनि उल्लेख रहेको थियो ।
तर अधिकृत साहको छोराले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको शिवनगरधाममा संन्चालन गर्दै आईरहेको प्रकाशजित आई केयरले केहि बिरामिहरुको आखाँ उपचार गरेको तर सयकडौं बिरामिहरुको मोतिबिन्दु भएको बिरामिको अप्रेशन गरेको भन्दै झुठा बिल भरपाई बनाई नगरपालिकाको करिब २३ लाख रुपैंया झवाम पारेको बताउनु भएको हो ।
यस्ता कार्य अधिकृत साहले बिगत तिन वर्षदेखि गर्दै आईरहेको समेत जानकारी दिनु भयो । त्यति मात्र नभएर अधिकृत साहले नगरपालिकाबाट यस्ता धेरै कयौं नहुने कार्य गरेको तथ्य खुलेको वडाअध्यक्षले बताएका छन । अधिकृत साहले गरुडा नगरपालिकाको वार्ड नं.८ बसबिटी जिंगडिया स्थित रहेको नेपाल प्रहरी स्कुल बिर्तामा आफ्नो श्रीमतिलाई खुसी पार्नको लागी करिब ५० लाख रुपैंयाको लागतमा बालबालिकालाई ओसारपोसार गर्न स्कुल बस दिएको समेत बताउनु भयो ।
यस सन्दर्भमा नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालसंग सोध्दा आफुलाई केहि जानकारी नरहेको बताउनु भयो । नगर प्रमुख जैसवालले भने अधिकृत र करारको कर्मचारी संजित साहको क्रियाकलापबाट पुर्ण रुपले सन्तुष्ट न रहेको बुझिएको छ । नगरप्रमुख जैसवालले अधिकृत र करारका कर्मचारी साहलाई हटाउन पटक पटक सम्बन्धित निकायमा लेखी पठाउन निर्देशन दिईएको एक जना कार्यपालिका सदस्यले बताउनु भयो ।
सेटिङ्ग र कमिसनका लागि जस्तो सुकै काम गर्न हमेशा त्यार रहने गरेका कारण कटहरिया नगरपालिका सिङ्गो बदनाम भएको बताउनु भयो । कार्यालयमा कमिसन लिन सहज नहुने भएको बाहानामा अधिकृत र करारका कर्मचारी साह कार्यालय समयमा ढिलो आउने गरेका थिए । उठाएको कमिसनको रकम लुकाउन अनुकुल होस भनी घरमा नै बढि समय दिएको समेत स्रोतबाट जानकारी प्राप्त भएको हो ।
यस्ता गतिविधिको बारेमा नियमित कार्यालय प्रमुख साहसंग सम्पर्क गर्दा वहाँको मोबाईल फोन स्विच अफ भएको कारण सम्पर्क हुन सकेन । त्यति मात्र नभएर नेपाल सरकारबाट प्राप्त बजेट रकममा पनि व्यापक दुरुपयोग गरेको बुझिएको हो ।
त्यति मात्र नभई नगरपालिकामा काम गर्ने कर्मचारीहरुले काम गरेको आठ महिनाको तलब समेत नखुएको र भ्रष्चारीमा लिप्त रहेको नगरपालिकाको एक जना कर्मचारीहरुले दुखेसो पोखेका छन । यसको लागी अख्तियार दुरुपयोग अनुसन्धान विभागलाई यस सन्दर्भमा छानबिन गरि कार्यवाहि गर्न स्थानियहरुले जोडदार माग समेत गरेका छन ।