रौतहट/ असोज ६ गते । जिल्लाको कटहरिया नगरपालिकाका पूर्व हाकिम साब अर्थात् प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहले पदीय दुरूपयोग गरी अनेकौँ अनियमितता गरेको खबर प्रकाशमा आउन थालेपछि केहि नामधारी पत्रकारले उनको भ्रष्टाचारको ढाकछोप गर्न तछाड मछाड़ गर्न शुरू गरेका छन्।
अवकाश प्राप्त कार्यालय प्रमुख साहले आफ्नो चार वर्षको कार्यकालमा जनताको हकहितमा काम गर्नु भन्दा पदीय मर्यादाविपरीत जसरी पनि पैसा कमाउने दाउमा लागेका थिए।
सेवा अवधिमा साहले घर घडेरी लगायत महंगा गाडी किन्नु बाहेक केहि नगरेको कटहरिया नगरपालिका वार्ड नं.६ फतेपुर निवासी मसिन्द्र यादवले आरोप लगाएका छन्।
यादवका अनुसार अवकाश प्राप्त कार्यालय प्रमुख साहले सेवाअवधिभर मनोपली गरि लुटतन्त्र मच्चाएको दावी समेत गरेका छन् । त्यति मात्र नभएर उक्त पालिकामा काम गर्ने कर्मचारीहरु पनि वहाँकै बानी ब्योहोरालाई अनुसरण गरिरहेको आरोप समेत उहाँले लगाउनु भयो ।
यादवका अनुसार अवकाश प्राप्त कार्यालय प्रमुख साहले नगर स्तरिय देखि अनेकौं योजनाहरुबाट लाखौं रुपैंया घोटाला गरेको बताउनु भयो । त्यस नगर स्तरिय योजना मध्येबाट आँखाको हेरचाह तथा नि:शुल्क शल्यक्रिया गर्ने योजनामा त झनैं रकम घोटाला गरेको बताउनु भयो ।
सो योजनामा त नगरका केहि मानिसहरुको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरेको र लाखौं रकम झ्वाम पारेको बताउनु भयो ।
नगरपालिकाको पूर्व कार्यलय प्रमुख राम प्रकाश साह र करारको कर्मचारी संजित साह गरि दुबै जनाले मोतियाबिन्दु भएका बिरामीलाई नि:शुल्क शल्यक्रिया तथा आँखा उपचार गर्नमा २३ लाख भन्दा बढ़ी रकम कागजी प्रकृया पूरा गरेर सकाएका छन्।
यी खबरहरू संचारमाध्यममा आउन थालेपछि अवकाश प्राप्त कार्यालय प्रमुख साहले केहि पत्रकारलाई प्रलोभन एवं प्रभावमा पारेपछि बिचौलिया र ठग प्रवृत्तिका पत्रकारहरू उनको बचाऊमा लागेका छन्।
आँखा उपचार र मोतियाबिन्द सबंधी कार्यक्रममा भ्रष्टाचार र अनियमितता नगरेको भए साहले किन पत्रकारहरू प्रयोग गर्नु परेको होला? स्पष्ट हुन्छ।
आफ्नो झुठा कुरा पचाउन केहि दिन शिविर संचालन गरेको र सो शिविर कसै संचालन गरेको थाहा नै नपाई संचालन गरेको बताउनु भयो ।
वहाँको यो गतिविधिले प्रष्ट हुँदै गईरहेको छ कि दुबै जना मिलि आँखा चेकजाँच र शल्यक्रिया नै नगरी २३ लाख रुपैया झ्वाम पारेको खुल्ला रुपमा देखिरहेको छ । त्यति मात्र नभएर बिगत चार वर्षमा दर्जनौं योजनाहरु कागजमा नै सिमित राखि सोको लाखौँ रुपैंया भ्रष्टाचार गरेको स्थानिय यादबले बताउनु भयो ।
तर त्यस्ता कार्यहरुलाई ढाकछोप गर्न केही संचारकर्मिहरुले उक्त अवकाश प्राप्त कार्यालय प्रमुखसंग आफ्नो निजि स्वार्थ पूरा गर्न उक्त घटनालाई तथानम भनी दबाउन खोजेको प्रति त्यस्ता पत्रकारहरुलाई पत्रकार भन्न पनि लाज लागिरहेको सचेत नागरिकहरुले बताएका छन्।
पत्रकार देशको चौथौ अंग मानिन्छ तर साह जस्ताभ्रष्ट कार्यालय प्रमुखको कर्तुत बाहिर ल्याउनु भन्दा आफ्नो आर्थिक लाभमा सो कार्यलाई दबाउन खोज्दा पत्रकारहरुमाथिबाट बिश्वास घटदै गएको बुद्धिजीवीहरूले गुनासो गरेका छन्।
केही संचारकर्मीहरुले त्यस्तालाई संरक्षण दिनु कतिको जायज हो? आमजनताले बिचार गर्नु पर्ने कुरा रहेको बताउनु भयो। साथसाथै हालै अवकाश प्राप्त कार्यालय प्रमुख राम प्रकाश साहको सम्पती छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धानको ध्यान आकर्षण होस भने स्थानीयहरूले माग गरेका छन् ।