रमेश कुमार यादब
असोज १२,रौतहट।
रौतहट जिल्लाको गरुडा नगरपालिकामा आरम्भ नेपाल संस्थाले गरिरहेको कार्यहरुलाई अनुगमन गरिएको हो । जिल्लाको मध्य भाग तथा ब्यापारीक नगरी भनी चिनिने गरुडा नगरपालिका भित्र उक्त संस्थाले गरिरहेको विभिन्न कार्यहरुको अनुगमन गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले गर्नु भएका थिए । गरुडा नगरपालिका अन्तर्गत बिउटिसियन ,कपडामा बुट्टा काटने जस्ता कार्यहरु संचालनमा रहेका छन ।
सोही कार्यक्रम अन्तर्गत गरुडा नगरपालिकाको वार्ड नं।९ पर्ने श्रीपुर गम्हरियामा संचालित बिउटिसियन कार्यक्रमको नगर प्रमुख जैसवालले अनुगमन समेत गर्नु भएको थियो । नगर प्रमुख जैसवालले भने अहिले हाम्रो पालिका लगायत देशमा नै बेरोजगारीको अवस्था रहेको छ । सोही बेरोजगारीको अवस्थालाई कम गर्न आफ्नो नगरपालिका अन्तर्गत रहेका बेरोजगार किसोर किशोरीहरुको लागि विभिन्न कार्यक्रमहरुलाई स्वरोजगार बनाउने आफ्नो चाहना रहेको नगर प्रमुख जैसवालले बताउनु भयो ।
आरम्भ संस्थाद्वारा संचालित तथा गरुडा नगरपालिकाको सहयोगमा ६ महिने बिउटिसियन तालिम सन्चालनमा रहेको छ ।
उक्त तालिम सिकेर बेरोजगार किशोरीहरु स्वरोजगार बन्नु भनी उदेश्यले यो तालिम सन्चालन गरेको र सो तालिम सिकेर घर परिवार धान्न र कसैको अगाडि झुक्नु पर्ने अवस्था सिर्जना न होस भन्ने बिश्वास लिएको नगर प्रमुख जैसवालले बताउनु भयो ।
नगरप्रमुख जैसवालले भने ब्युटिसियन तालिम सिकेर सबैले ब्यबसायी नै गर्नुपर्छ भन्ने होईन यस मध्येबाट करिब सयरदुई सय जनाले मात्र व्यवसायमा आवद्ध रहेपनि ठूलो उपलब्ध हुने बताउदै तालिम सिकेका सहभागीहरुले आगामी दिनमा अझै उन्नती प्रगती गर्दै आत्मनिर्भर बन्नेमा पुर्ण बिश्वस्त रहेको बताएका थिए ।
क्षमतावान महिलाहरु बनाउने उदेश्य अनुरुप यो बिउटिसियन तालिमले आर्थिक समृद्धिमा ठूलो महत्त्व राख्ने बताउदै आगामी दिनमा महिलाहरुको आत्मनिर्भरता अन्य कार्यक्रमहरु भए नगरपालिकामा ल्याएर आउन बताउदै सम्पुर्ण सहभागीहरुको उज्ज्वल भबिस्यको शुभकामना समेत ब्यक्त गरेका थिए। त्यस्तै बिर्तामा संचालन रहेको कपडामा बुट्टा भरिने कार्यक्रमको समेत अनुगमन गर्नु भएको थियो । उक्त कार्यक्रम पनि छ महिनाको रहे पनि अन्तिम चरण पुगिसकेको नगर प्रमुख जैसवालले बताउनु भयो ।
उक्त कपडामा बुट्टा काटने कार्यक्रमको अनुगमनको क्रममा सिकिरहेको किशोरीहरु कपडामा विभिन्न प्रकारका बुट्टा काटेर नगर प्रमुखलाई देखाएका थिए । त्यस्तै गरुडा नगरपालिका ९ स्थित रहेको श्री नयाँ गमहरिया बिधालयका अनुगमन समेत गरेको थियो । अनुगमनको क्रममा बिधालयमा पढाइ लिखाई देखि लिएर बिधार्थीहरुलाई खुवाउने दिवाखाजा समेतको अनुगमन गरेका थिए । साथसाथै बिधालयमा भएका कमिकमजोरीहरुलाई सुधार्दै अगाडि बढन नगर प्रमुख जैसवालले बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजकुमार दास तत्मालाई निर्देशन दिएका थिए ।
सोही क्रममा बिधालयका बिधार्थिहरुले भुकम्प बिपदबाट कसरी बच्ने भन्ने डेमो प्रदर्शन समेत गरेका थिए । उक्त अनुगमन कार्यक्रममा शिक्षा संयोजक सरोज गौतम, स्वास्थ्य संयोजक प्रविन झा, स्कूल व्यवस्थापन समितिको अध्यक्ष राजकुमार दास, लगायत आरम्भ नेपाल संस्थाको कर्मचारीहरुको सहभागिता रहेको थियो ।