रमेश कुमार यादब
असोज १८,रौतहट । रौतहटको गरुडा नगरपालिकाले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरी भनि चिनिने गरुडा नगरपालिकाको मातहातमा रहेका सम्पुर्ण संघ–संस्थाहरुमा बिदा दिएको हो । मधेसका महिलाहरूले मनाउने महान् पर्व जितिया पर्वको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाका मेयर कन्थमनि प्रसाद जैसवालको आदेश अनुसार बिहिबार उक्त पालिकाको नियमित प्रमुख प्रशासकिय अधिकृत प्रबिन कुमार झाले एक सूचना जारी गर्दै कार्यालय र सो अन्तर्गतका सम्पूर्ण कार्यालयहरूमा शुक्रवार सार्वजनिक बिदा दिएका छन् । साथै सो पर्वका अवसरमा वडा कार्यालयहरु ,स्वास्थ्य संस्थाहरु ,सामुदायिक तथा संस्थागत बिधालयहरुमा एक दिने बिदा दिएको नियमित प्रमुख प्रशासकिय अधिकृत झाद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको हो ।
गरुडा नगरपालिकाभित्र रहेका सम्पूर्ण संस्थागत विद्यालयहरू समेत बन्द हुने भएका छन् । प्याब्सन र एन प्याब्सन रौतहटले सो पर्वको अवसरमा बिदा दिने निर्णय गरेका थिए । एन प्याब्सनका अध्यक्ष बिगन राय यादब र प्याब्सनका अध्यक्ष बिरेन्द्र ठाकुरले एक सूचना जारी गर्दै गरुडा नगरपालिका भित्र रहेका सबै बोर्डिङ स्कुलहरू बिदा हुने जानकारी दिएका थिए ।
नगरपालिका भित्रका संस्थागत विद्यालयहरूमा बिदा दिने सूचना जारी गरिएको थियो । साथसाथै गरुडा नगरपालिकको नगर प्रमुख जैसवालले तराई मधेशमा मनाईने महान चाड जितिया पर्वको शुभ अवसरमा गरुडा नगर कार्यपालिकाको कार्यालय तथा ब्यतिmगत तर्फबाट आदरणिय नगरबासिहरुमा साथै देश बिदेशमा रहनु हुने सम्पु्र्ण नेपाली दिदी बहीनी तथा दाजुभाईहरुमा सु्ख शान्ति समृद्धि तथा उन्नतिको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त समेत गर्नु भएका छन ।