पवन कुमार उपाध्याय
रौतहट, १८ असोज। रौतहटका मिटर ब्याजी पिडितहरुले बिरोध प्रदर्शन गरेका थिए । जिल्लाको सदरमुकाम गौरमा मिटर व्याजी पीडित संघर्ष समितिले न्यायको माग गर्दै विहिवार विरोध प्रदर्शन गर्दै अदालत अगाडी एक छिन धर्ना प्रदर्शन गरेका छन् ।
सम्पुर्ण किसान–मजदुर एक होऔ मुल नाराका साथ मिटर ब्याज पिडितहरुले बिरोध स्वरुप बिभिन्न ब्यान सहित नगर परिक्रमा गर्दै गौर स्थित रहेको राईस मिलमा कोण सभा सम्पन गरेको थियो । मिटर ब्याज तथा ठगी बिरुद्ध किसान मजदुर संघर्ष समिति रौतहट जिल्लाको अध्यक्ष शिवशंकर महतोले कार्यक्रमको सम्बोधन गर्दै भने सरकारले मिटर ब्याज अपराध घोषणा गर्नाको साथै आयोग नै गठन गरिसक्दा पनि यी पीडितहरूले आन्दोलन किन अन्त्य गरेनन् भन्ने चिन्तनको विषय भएको बताउनु भयो ।
सामान्यतया कुनै पनि ऐन कानुन पश्चातदर्शी रूपमा लागू हुँदैन उल्लेख गर्नु भएको थियो भने र सो घोषणालाई ऐनको स्वरूप दिएर जारी गरेमा प्रारम्भ हुने भनेर तोकिएको मितिदेखि मात्र सबै नेपाली नागरिकमाथि लागू हुन्छ, तर सुदखोरहरूमाथि मात्र लागु किन हुदैंन अझै चिन्ताको बिषय बनेको हो ।
तसर्थ सरकारले यो घोषणा धरातलीय यथार्थ नबुझी गरेको देखिन्छ । यसबाट राज्यले मिटर ब्याज पीडितहरूको समस्या बुझेको छैन, बुझ्न चाहेको छैन वा लोलोपोतो गरेर अल्झाउन खोजिरहेको प्रति किसान मजदुर संघर्ष समितिको जिल्ला अध्यक्ष महतोले आपति समेत जनाएको हो । किनभने सबै मिटर ब्याज पीडितहरूसँग सुदखोरहरूले घरसारमा वा रजिस्ट्रेसन पारित गरेर गरिएका लिखतहरूमा १० प्रतिशत भन्दा बढी ब्याज लिने दिने भनेर लेखिएको छैन र कतिपय लिखतमा नेपाल कानुन अनुसार ब्याज लिइने उल्लेख गरिएको हो ।
यी पंक्तिकारले पीडितहरूसँग भएका केही लिखत अध्ययन गर्दा र पीडितहरूसँग सोध्दा पनि कुनै पनि लिखतमा कानुनले तोकेको भन्दा बढी ब्याज लिने दिने ब्योहोरा उल्लेख गरेको छैन। अर्थात कानुन विपरित बढी ब्याज लिए दिएको कुनै दसी, सबुद प्रमाण छैन । यस्तोमा मुलुकी अपराध संहिता लगायत कानुन पश्चातदर्शीरूपमा लागु हुने गरेर संशोधन गर्दैमा पनि कुनै सुदखोर मिटर ब्याजको अपराधमा दण्डित हुने अवस्था नै छैन ।
साथै तमसुक लगायतमा थैली बढी लेखेको, सम्पत्ति धितोमात्र राखेकोमा स्वामित्व नै हस्तान्तरण हुने गरेर छिनुवा पास गरेको आदि सम्बन्धमा उजुर कानुनले तोकेको हदम्याद भित्र गर्नुपर्ने हुन्छ । तर पीडितले त्यसो गरेको पनि देखिँदैन । त्यसकारण विद्यमान लिखतहरूको आधारमा मिटर ब्याज अपराध घोषणा गर्दैमा समस्या समाधान हुने छैन ।
सोहि प्रशंगमा बोल्दै महतोले भने १० प्रतिशत भन्दा बढी ब्याज लिनु कानुन विपरित हुने हुनाले नै सुदखोरहरूले विभिन्न किसिमले धुर्त्याइँ÷चतु¥याइँ गरेका देखिन्छ । वहाँले भने अनुसार ऋण लिएको भन्दा तेब्बर, चौब्बर बढी रकमको तमसुक बनाउने देखि परिवारका एक जना सदस्यले ऋण लिएमा परिवारका बाँकी सदस्यहरूबाट पनि तमसुक गराएर लिने गर्ने गरेका बुझिन्छ । यस्ता आपराधिक क्रियाकलापको कुनै पनि सबुद प्रमाण छैन, तर तमसुक भने विधिवत् गरिन्छ, जुन अद्यापि अस्तित्वमा छन्। तमसुकको भाका नाघेपछि सुदखोरले अदालतमा मुद्दा दायर गरेर सम्पत्ति लिलाम गराएर असूल उपर पनि गर्छन् । तिर्न नसक्नेलाई थुन्ने समेत गरेका छन ।
सोहि कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि एवम् केन्द्रिय प्रवक्ता समेत रहेका निर्गा नविनले हामि मिटर ब्याज पिडितहरुको माग पुरा नभए सम्म आन्दोलन जारी रहने बताउनु भएको थियो । केन्द्रिय प्रवक्ताको अनुसार अहिले सदखोरहरु पिडितहरुमाथि झन पिडा थपिदैं गईरहेको बताउनु भयो । ऋणीहरुले साहुलाई पैसा दिदा पनि उनीहरुले त्यसको कुनै प्रमाण नराख्ने बताउनु भएको थियो । साथै ऋणीले पटक पटक साँवा र ब्याजबापत रकमहरू सुदखोरलाई फिर्ता बुझाउँदा रसिद भर्पाइ केही दिँदैनन्, आफ्नै बहिखाता वा डायरीमा टिपेर राख्छन्।
यस पंक्तिकारले भेटेका पीडितहरूसँग सुदखोरलाई उनीहरूले फिर्ता बुझाएको कुनै कानुनी रसिद भर्पाइ लगायतको प्रमाण दिइएको रहेनछ, खालि सुदखोरको बहिखाता वा डायरीमा टिपेर टिपोटको फोटोकपी मात्र रहेछ, जसमा कुनै हस्ताक्षर, ल्याप्चेसमेत छैन । जहाँकि मुलुकी देवानी संहिताको लेनदेन व्यवहार सम्बन्धी व्यवस्थाको दफा ४८२ मा यसरी साँवा ब्याज फिर्ता गर्दा साहुबाट सहीछाप गरेको रसिद भर्पाइ लिनुपर्ने व्यवस्था छ ।
तर साहुहरुले यस्तो गरेको कतै पाईएको छैन । हजारौंको संख्यामा रहेका मिटर ब्याजी पीडित संघर्ष समितिमा महिला, पुरुषहरु सम्मिलित जुलुश गौर नगर क्षेत्रमा नाराबाजी गर्दै अदालत नजिक आएर केही बेर धर्ना प्रदर्शन गर्दै उचित न्यायको माग समेत गरेका थिए ।
सो कार्यक्रममा संघर्ष समितीको सदस्य तथा जिल्ला सचिव बोध कुमारी गिरि ,केन्द्रिय सदस्य शेख तबारख ,जिल्ला उपाध्यक्ष शेख मुस्तुफा ,शेख मोजरे आलम ,यमुनामाई गाउँपालिकाको पुर्व मेयर श्रीप्रसाद मुखिया ,ईद महम्मद ,सर्लाहि जिल्लाको केन्द्रिय सदस्य फतमा खातुन ,बारा जिल्लाको केन्द्रिय अध्यक्ष सोहन शर्मा ,राधिक श्रेष्ठ ,बारा जिल्लाको केन्द्रिय सदस्य कमला पौडेल ,केन्द्रिय सदस्य तथा पर्सा जिल्लाको अध्यक्ष शिव कुमार साह तेली लगायत हजारौंको संख्यामा मिटर ब्याज पिडितहरुले बिरोध प्रदर्शन गरेका थिए ।