पवन कुमार उपाध्याय
रौतहट,२२ असोज। दसैँ, तिहारलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले बिभिन्न स्थानमा ”सुरक्षित यात्रा, सुरक्षित चाड “भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।
चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै चन्द्रनिगाहपुर, गरुडा , गौर लगायतका स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सुशिल आचार्यले बताए । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्नसक्ने बताए ।
चाडपर्वका बेला सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा लिनेलगायत काम हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, लेन अनुशासनको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्न सक्ने हुनाले न्यूनीकरण गर्न सहायता कक्षले प्रभावकारी भूमिका खेल्छ ।
यात्राको क्रममा लैङ्गिक हिंसा, चाडपर्वलक्षित यातायात सुरक्षाको मध्य नजर गर्दै असोज १८ गतेदेखि यात्रु सहायता कक्ष लागू भएको छ। उहाँले यात्रामा लैङ्गिक हिंसा हुनसक्ने कुरालाई विचार गरी विभिन्न अभियान सञ्चालन भएको छ ।
ट्राफिक प्रहरीको अभियान ट्राफिक प्रहरीले नियमविपरीत सवारी साधान चलाउने चालकहरूका लागि अहिले विभिन्न अभियान सञ्चालन गरेको छ । विद्यार्थीलक्षित सुरक्षा योजना, मापसे गरी स्कुल बस चलाउने चालकलाई निगरानीसहित दैनिक कारबाही गर्दै आएको छ ।
विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष सञ्चालनमा ल्याएको हो,’ आचार्यले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ।