असोज २८,रौतहट । रौतहट जिल्लाको बगहीमा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन भएको छ । जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं.७ बगहीमा थारु कल्याणकारिणी सभा रौतहटको जिल्ला सभापति एवम् श्री मा.बि बगहिको निवृत प्रधानाध्यापक जगरथान चौधरीको अध्यक्षता गरेको शुभकामना अदान प्रदान कार्यक्रम शनिबार सम्पन भएको हो ।
शुभकामना अदान प्रदान कार्यक्रमको सभापति पुर्व गा.बि.स अध्यक्ष शिवनरायण चौधरी रहनु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि पुर्व प्रधानाध्यापक जगरनाथ चौधरी रहनु भएको थियो । शुभकामना अदानप्रदान कार्यक्रमको सम्बोधन गर्दै थारु कल्याणकारिणी सभा रौतहटको जिल्ला सभापति एवम् श्री मा.बि बगहिको निवृत प्रधानाध्यापक चौधरीले हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडा दशै ,शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा हार्दिक शुभकामना ब्यतm गर्दै माँ जगतजननी दुर्गाले सबै बगहिबासिको कल्याण गरुन भर्दै कामना समेत गरेका थिए ।
निबृत प्र.अ चौधरीले बिधालयमा रहदा समेत देखी अवकाश प्राप्त भएपछि पनि आफ्नो वार्डको प्रगति उन्नती र शिक्षामा बिशेष जोड दिएका थिए । पुर्व प्र.अ चौधरीले आफ्नो निजि श्रोतबाट आजिवन कटहरिया नगरपालिकाको वार्ड नं.७ बगहि अन्तर्गत रहेका बिधार्थीहरुको शैक्षिक,बौद्धिक स्तर तथा समाजिक सुधार गर्नैमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
वहाँले भने आफ्नो गाउँबाट लोक सेवाबाट उर्तिण भई राष्ट्र सेवक कर्मचारीलाई पाँच हजार ,स्नातकोतर (M.A/Degree) पास गरेकालाई पाँच हजार र बिधावारिधि (Phd)पास गरेकालाई बिस हजार समेतको प्रोत्साहन स्वरुप नगद पुरुस्कार एवं प्रशंसा–पत्र प्रदान गर्ने घोषणा समेत गर्नु भएको थियो । त्यति मात्र नभएर यस अघि महिलाहरु सम्बन्धि बिभिन्न प्रकारका रोगहरुको उपचार तथा आखाँ शिविर ल्याई गाउँका मानिसहरुको समेत उपचार गराईसकेका बताउनु भएको थियो ।
वहाँले एउटा प्र.अ भएको नाताले गाउँदेखि लिएर नगर सम्म शिक्षा बिना कुनै किसिमको बिकाश असम्भव रहेको दावी समेत गर्नु भएको थियो । नगरका मानिस लगायत बिधार्थीहरु शिक्षित भए गाउँ होस वा नगर बिकास स्वयम् हुने पुर्व प्र.अ चौधरीको ठम्मयाई रहेको थियो । त्यस कारण वार्डबासि देखि नगरबासिहरुमा आ–आफ्नो केटाकेटीहरुलाई पढाउन आग्रह समेत गर्नु भएको थियो । सकेसम्म समाजमा म आफ्नो ब्यतिmगत तर्फबाट तथा शिक्षामा उच्च स्थान ल्याउने बिधार्थीलाई आजिवन सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
निबृत चौधरीले अवकाश प्राप्त भए लगतै बारा आयोजना गरेको रौतहट थारु कल्याणकारिणी अधिबेशनमा सबै जनाको सर्वसहमतिमा सभापतिको जिम्मेवारी दिनु भयो तर उक्त थारु कल्याणकारीणी २००५ साल देखि चल्दै आएको तर कुनै प्रगति नभएको तर म सभापतिमा चयन भएदेखि नै बिभिन्न निकायबाट लाखौं रुपैंयाको आम्दानीको श्रोत भएको अदानप्रदान कार्यक्रमबिच जानकारी दिनु भएको थियो ।
साथ–साथै चौधरी बिधालयबाट अवकाश भएपछि उक्त बिधालयलाई तेतिस हजार रुपैंयाको चेक समेत हस्तानान्तरण गर्नु भएको बताउनु भएको थियो । त्यति मात्र नभएर आउँदो दिनमा समेत वार्डबासिलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसतै सोहि कार्यक्रमको सम्बोधन गर्दै बगहिका पुर्व वडाअध्यक्ष हरिभजन साहले निवृत प्र.अ चौधरीले गरेको शुभकामना अदान प्रदान कार्यक्रम एकदम सराहनिय भएको बताउनु भएको थियो ।
पुर्व वडाअध्यक्ष साहले भने आजको समयमा यस्ता कार्य गर्ने सायद कमै होला कि आफ्नो निजि लगानीबाट वार्डका बिधार्थीहरु प्रशंसा सहित पुरस्कार प्रदान गर्ने तर हाम्रो निवृत प्र.अ चौधरीले गरेको कार्यको जति प्रशंसा गरे कमै हुने बताउनु भएको थियो । त्यसतै सोहि कार्यक्रममा बोल्दै शिक्षक बिनोद साहले भने निबृत चौधरीले गरेको कार्य सायद रौतहटमा नै यस्तो कसैले गरेको छैन ।
बिना कुनै स्वार्थको आफ्नो निजि लगानीबाट उच्च शिक्षा हासिल गर्ने बिधार्थीलाई पुरस्कार सहित हौसला प्रदान गर्ने कार्यको जति प्रशंसा गरे कमै होला भनि बताउर्दै सम्पुर्ण शिक्षक,बिधार्थी र वार्डबासि दशै,दिपावली र छठको शुभकामना समेत ब्यतm गरेका थिए । उक्त शुभकामना अदानप्रदान कार्यक्रममा समसुदिन आलम ,महेन्द्र चौधरी ,हृदयनरायण साह ,वडा सचिव जयराम साह ,प्र.अ सरोज कुमार साह ,धर्मेन्द्र साह ,दिनेश साह लगायत सयकडौं मानिसहरुको उपस्थिती रहेको थियो ।