कार्तिक ०१,रौतहट
कटहरिया नगरपालिकाले बुधबार बिजया दशमि, शुभ दिपावली र छठ पवको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कटहरिया नगरपालिकाले आयोजना गरिएको हिन्दु धर्मावलम्बिहरुको महान पर्व २०८० सालको बडा दशैं, शुभ दिपावली एवम् नजिकै आउँदै गरेको छठ पर्वको पावन अवसरमा नगर प्रमुख अजय प्रकाश जैसवालले आफ्नो कर्मचारी र जनप्रतिनिधिहरुलाई टिका,माला र दोसाला ओढाएर एक आपसमा शुभकामना अदानप्रदान गर्नु भएका थिए । कटहरिया नगरपालिकाको नगर प्रमुख अजय प्रकाश जैसवालको अध्यक्षता सम्पन कार्यक्रमको बिशिष्ट अतिथिमा नगर उप–प्रमुख रिता देवी यादब रहनु भएको थियो ।
शुभकामना अदानप्रदान कार्यक्रमको दिप प्रज्वलन गरि उद्धघाटन गर्नु भएको थियो भने कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख जैसवालले उपस्थित भएका सम्पुर्ण कर्मचारी र जनप्रतिनिधिहरु चल्दै गरेको वडा दशैं, आउँदै गरेको शुभ दिपावली र हिन्दु धर्मालवम्वीहरुको महान पर्व छठको पावनमा सम्पुर्णको हार्दिक शुभकामना ब्यतm गर्दै उहाँले भन्नु भयो आज धेरै खुसिको कुरा हो कि यस विवाह भवनमा हामि एकतृत भई शुभकामना अदानप्रदान गर्नमा एक भएका छौ । हो त्यसै गरि हामि सबै जना बिगतको रिसराग छोडेर एक भएर नगरपालिकालाई चलाउन सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीहरुमा नगर प्रमुख जैसवालले आग्रह गर्नु भएको थियो । एक ठाउँमा रहदा र एक परिवारमा रहदा नि झै–झगडा भईनै रहन्छ तर हामि अरुअरु ठाउँबाट आएर एक भएका छौ, त्यस कारण बिगतका तितामिठालाई त्यागेर अगाडी बढन नगर प्रमुख जैसावलले आग्रह समेत गर्नु भयो ।
जनप्रतिनिधि संगसंगै पालिकाका कर्मचारीहरुको ठुलो भुमि हुन्छ, त्यसैले कर्मचारिहरु पनि ईमान्दारिताका साथ जनताहरुलाई कुनै प्रकारको दुखपिडा नदिई छिटो–छरितो जनताको काम गर्न निर्देशन समेत दिनु भएको थियो । सोहि कार्यक्रमबाट नगर प्रमुख जैसवालले कर्मचारीलाई दुई चार दिन भित्रमा भात्ता बापतको रकम उपलब्ध गराउनका लागी आश्वासन समेत दिनु भएको थियो । त्यसतै सोहि कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रिता देवी यादबले सम्पुर्ण कर्मचारी र जनप्रतिनिधिलाई ब्यक्तिगत तर्फबाट साथ–साथै नगरपालिकाको तर्फबाट हार्दिक शुभकामना दिनु भएको थियो ।
सोहि कार्यक्रमबाट सबै जनालाई मिलाएर अगाडी लैजान नगर प्रमुख जैसवाललाई नगर उप–प्रमुख यादबले आग्रह समेत गर्नु भएको थियो । त्यसतै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कटहरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत गौरीशंकर कुमार सिंहले हामी सबै मिलेर आफु भित्र रहेको रिसरागलाई अन्त गरेर कटहरिया नगरपालिकालाई स्वक्ष्छ, स्वस्थ, सफा, बिकासशिल, प्रगतिशिल बनाउनका लागी सबै जना मिलेर आजैबाट दौडिने छु प्रण लिएका थिए । वहाँले भने कि रथ एक पाङ्गग्राले चल्दैन त्यसतै जनप्रतिनिधि र कर्मचारी एक नभएर सम्म नगरपालिकाको बिकास असम्भव हुने बताउनु भएको थियो । त्यसैले दुबै जना एक आपसमा प्रत्येक सुखदुखमा काँधमा काध मिलाएर अगाडी बढयो भने पालिकाको बिकास, प्रगति, उन्नती कसैले रोक्न सक्दैन प्रशासकिय अधिकृत सिंहले बताउनु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा नेपालि कांग्रेसका क्षेत्रीय सभापति एंव कटहरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, वडा अध्यक्ष भुपेन महतो कोईरी, श्यामाकान्त प्रसाद कुशवाहा, जयराम चौधरी, समिश बिक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जयसवाल, शान्ति देवी, कटहरिया म्यूजिकल एफ एमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ट, ईलाका प्रहरी कार्यलय कटहरियाका प्रमुख सई रामछबेला यादव, सश्स्त्र प्रहरी बल दुधियाभारका टोली लगायत सम्पुर्ण कर्मचारी जनप्रतिनिधि तथा आम नगरबासीहरुको भव्य सहभागिता बीच कार्यक्रम सम्पन्न भएको छ ।