रमेश कुमार यादब
कार्तिक ०८,रौतहट । बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले टावर लाईटको उद्वघाटन गर्नु भएको छ । उज्यालो अभियान अन्तर्गत बृन्दावन नगरपालिकाको नगर प्रमुख कुर्मी बुधबार एक कार्यक्रमको आयोजना गरि बिधिवत रुपमा स्विच अन गरेर टावर लाईटको बति बालेर उद्वघाटन गर्नु भएको थियो ।
नगर प्रमुख कुर्मी निर्वाचित भएदेखी नै आफ्नो नगरको बिकासको लागी, लागि परेको छ ।वहाँले निर्वाचित अघि जनताहरुसंग बाचा गर्नु भएको थियो कि निर्वाचित भएपछी आफ्नो नगरको उज्यालोमय बनाउने जनताहरुसंग प्रतिबद्धता जनाउनु भएको थियो ।सोही प्रतिबद्धता जनाए अनुसारको कार्य नगर प्रमुख कुर्मिले बिस्तारै-बिस्तारै पूरा गर्न लागेको प्रष्ट देखिन थालेको छ ।
नगर प्रमुख कुर्मिले आफ्नो बाचा जनाए अनुसार नगर स्तरिय बजेटबाट नगरको हरेक कुना कप्चामा उज्यालो पुर्याउने उदेश्यले ९ वटा वडामध्येबाट बुधबार औपचारिक कार्यक्रमको आयोजना गरि ५ वटामा विभिन्न जनप्रतिनिधि र कर्मचारीहरुको रोहबरमा उद्वघाटन गरिएको थियो ।उद्वघाटन कार्यक्रमको सम्बोधन गर्दै नगर प्रमुख कुर्मिले भने कि म निर्वाचित भएदेखी नै नगरको सम्पुर्ण काम गर्न चाहेपनी बिरोधीहरुले विभिन्न बाधा अवरोध गरेर काम गर्न नदिदा म आफै दुखी भएको छु । तर जनताको मतले निर्वाचित भएको छु र जनताको लागि काम गर्नु मेरो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।
बिरोधिहरु जति जालझोल गरेपनी जनताको बिकासको कार्य अगाडि बढाउन एकदम पनि पछि नहटने नगर प्रमुख कुर्मिले बताउनु भयो । बुधबार नगरको १,६,७,८ र ९ वटा गरि पाँच वटा वाडको विभिन्न मुख्य ठाउँ जस्तै बजार,सार्वजनिक स्थल र चौक चौराहामा टावर लाईट बतिको बति बालेर उद्वघाटन गर्नु भएको हो । बाँकी रहेको ४ वटा वार्डमा जनप्रतिनिधिहरुसंग समन्वय गरेर चाडैं टावर लाईट जडान गर्ने नगर प्रमुख कुर्मिले वर्तमानकाल दैनिक पत्रीकाको स-सम्पादकसंग कुराकानी गर्दै बताउनु भयो ।आउदो दिपावली र छठ पर्वको शुभ उपलक्ष्यमा बति जडान कार्य आरम्भ गरेको बताउनु भयो ।
यस्ता पर्वमा विभिन्न किसिमका अवाञ्छित गतिबिधी हुने हुनाले यस्ता क्रीयाकलापबाट पुर्व सावधानी अपनाउने उदेश्यले टावर लाईटको उद्वघाटन गरेको नगर प्रमुख कुर्मिको स्वकीय सचिव आशिष् राज पटेलले बताउनु भयो । नगरमा उज्यालोमय भएपछी नगरबासी हर्षित हुँदै नगर प्रमुख कुर्मिलाई धन्यवाद दिएका छन ।
सो उद्घाटन कार्यक्रममा वृन्दावनका प्रमुख प्रशासकिय अधिकृत रासनरायण पटेल,नगरपालिकाका ईन्जिनियर दिलिप यादव,वडा अध्यक्ष रवीन्द्र प्रसाद साह, कार्यपालिका सदस्य राजेश पासवान र वडा सदस्य सुनिता साह लगायत सो वडाका स्थानीय जनसमुदायको समेत बाक्लो उपस्थिति रहेको थियो।