ओम प्रकाश यादव
कार्तिक ११ गते, रौतहट ।
रौतहटमा गएराती एक बिद्युत ट्रान्सफरमर चोरी गर्ने चोरहरुको प्रयास असफल भएको छ ।
अज्ञात चोरहरुको समुहले शुक्रबार राती जिल्लाको माधवनारायण नगरपालिका-६ माधोपुरमा रहेको ट्रान्सफरमर चोरी गर्ने प्रयास गरे पनि उनिहरुको प्रयास बिफल भएको छ ।
माधोपुर उत्तर्वारी टोलको राम जानकि मठ देखि बिसुन्पुर्वा मानपुर जाने सडकमा केही महिना अघि मात्र जडान गरिएको बिद्युत ट्रान्सफरमर संचालनमा नआउदै अज्ञात ब्यक्तिहरुले चोरि गर्ने प्रयास गरे पनि ट्रान्सफरमर पानीमा खसेकोले उनिहरु चोरी गर्न पाएका छैनन ।
ट्रान्सफरमर खोल्नसाथ तल रहेको पानीमा खसेको थियो । पानीमा खसेको ट्रान्सफरमर चोरहरुले निकाल्न नसकेकोले उक्त ट्रान्सफरमर चोरी हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
पुरै ट्रान्सफरमर चोरी गर्न नपाए पनि चोरहरुले उक्त ट्रान्सफरमरको केही भाग खोलेर चोरी गर्न सफल भएका छन ।
नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्र गौरले केही महिना पहिले मात्र उक्त ट्रान्सफरमर जडान गरेको थिए ।
सो ट्रान्सफरमरमा अझै बिजुली दिइएको थिएन । बिजुली न दिइएको कारण उक्त ट्रान्सफरमर अझै सञ्चालन हुन सकेको थिएन ।
अबको केहि दिन भित्रमै सञ्चालन हुने तयारिमा रहेको उक्त ट्रान्सफरमर संचालनमा नआउदै चोरीको सिकार भएका छन ।
बिधुत कार्यालय गौरले चोरी हुन सक्ने ठाउँ गाउँभन्दा बाहिर खेतमा ट्रान्सफरमर जडान गरेकोले चोरहरु सहजै ट्रान्सफरमर चोरीको प्रयास गरेको स्थानीयहरु बताउँछन ।
स्मरण होश पछिल्लो समय रौतहटमा पटक पटक ट्रान्सफरमर चोरी हुँदै आएको छ । तर बिधुत प्राधिकरणले अझै न त कुनै चोरलाइ समातेर कार्यवाही गरेको छ नत चोर नै पता लाउन सकेको छ । जसका कारण जिल्लामा ट्रान्सफरमर चोरिको घट्ना बढेको छ ।
चोरिको विषयमा अनुसन्धान भइरहेको माधोपुर प्रहरी चौकिले जनाएको छ ।