रमेश कुमार यादब
कार्तिक १३,रौतहट ।
आरती साहको न्यायको माग गर्दै रौतहट जिल्ला प्रशासन कार्यलय अगाडि आन्दोलन गरेको थियो ।
आन्दोलन कार्यक्रमको संयोजक समाजिक अभियन्ता शैलेन्द्र प्रसाद यादबको अध्यक्षतामा आयोजना गरिएको थियो भने गौर नगरपालिकाको क्षेत्र नं.१ क को स्वतन्त्र पार्टीको स्थानिय बिधायक प्रत्याशी बिक्रम यादबले सहयोग गर्नु भएको थियो । धनुषा जिल्लाकी २२ बर्षिय मृत्क आरती साहको गत २०८० साल जेष्ठ ६ गते रहस्यमय अवस्थामा मृत्यु भएको थियो ।
मृत्क साहको परिवारले न्यायको माग गर्दै माईती घर मण्डलामा गत असाढ १ गते देखि २४ घण्टे धर्ना निरन्तर दिदैं आईरहेको छ । तर १३८ दिन हुदा समेत वहाको कुरा केन्द्र सरकार चुई शब्द नबोलेको कारण यस्ता निकामा सरकारलाई
खारेज गर , न्यायको चुई शब्द नबोल्ने बेहरुपीया नेता मुर्दाबाद भन्दै जिल्ला प्रशासन कार्यालय रौतहट अगाडी समाजिक अभियन्ता र युवाहरु आन्दोलन गरेका थिए ।
आठ बुन्दें माग राख्दै स्थानिय युवाहरुले गौर नगरपालिकाको क्षेत्र नं.१ क का बिधायक प्रत्याशि यादबले सिडियो धर्मेन्द्र कुमार मिश्रलाई न्यायको माग गर्दै ज्ञापनपत्र बुझाएका छन । पिडित परिवारको समर्थन गर्दै रौतहटका जिम्मेवार युवाहरु आरति साह मुत्यु प्रकरण र पिडित परिवार माथि प्रहरीद्धारा भएको यातनाको घोर भत्सना गर्दै न्यायको लागी प्रमुख जिल्ला अधिकारी मिश्रलाई अपिल गरेका छन ।
पिडित पक्षलाई नै कार्यकक्षमा बोलाएर निर्घात कुटपिट गरिएको र आरति साहको मृत्यु प्रकरणलाई छानबिन समिति गठन गरि अनुसन्धान गर्न ,पिडित पक्षलाई नै कार्यकक्षमा बोलाएर निर्घात कुटपिट गर्ने प्रहरी अधिकृतहरु प्रहरी उपरिक्षक बिश्वराज खडका र नायव प्रहरी उपरिक्षक बेदप्रकाश गौतमका साथै अन्य प्रहरी अधिकारीहरुलाई बर्खास्त गरि कानुन बमोजिम हदैसम्मको कार्यावाहि गर्नु,आरति साहको पोस्टमार्टम रिपोर्टमा संलग्न चिकिस्तकहरुले राजनितिक तथा आर्थिक प्रलोभनमा परी त्रुटिपुर्ण पोस्टमार्टम रिपोर्ट बनाउने कार्य गरेको हुँदा निजहरुलाई आवश्यक अनुसन्धान गरि कानुन बमोजिम कार्यावाहि गर्न, जिल्ला न्यायधिवतmा धर्म अवतार कोईराला र सहायक जिल्ला न्यायधिवतmा अजित कर्णसंग कानुनी सहयाता माग्दा सहयोग गर्नुको साटो जाहेरी दर्ता गर्न अस्विकार गरि उल्टै हप्काएर अपमान गरेकोले त्यस्ता अधिवतmाहरुलाई कार्यावाहि गर्न, आरति साहको हत्या हुँदा उनी दुई महिनाको गर्भवति थिईन ।
सो गर्भवति अवस्थाको कुरा पोस्टमार्टमले समेत देखाएको र पुष्टि गर्नका लागी नमुना परिक्षण गर्न पठाएको तर हालसम्म पनि परिक्षण नगरिएकाले र गर्न नसकेका कुरा उल्लेख गरेकोले त्यस सम्बन्धी सम्पुर्ण जाँच गर्न ,उनको श्रीमान मोति बाबु साह, ससुरा मदन मोहन साह, सासु रे्नु देवी साह र देवर रबि साहलाई न्यायिक छानबिन समितिको अनुसन्धान पुरा नहुन्जेलसम्म थुनामा राखी मुद्धाको काम कार्यावाहि अघि बढान माग गरेका छन र पिडित परिवार र मामा सन्तोष कुमार साहको परिवार समेतलाई सुरक्षाको खतरा भएकाले जनकपुर र काठमाडौंमा शान्ति सुरक्षाको यथोचित प्रबन्ध उपल्बध माग गर्दै पिडित पक्षलाई आवश्यक क्षतिपुर्ति दिलाउन रौतहटका न्याय प्रेमी युवाहरु जोडदार माग गरेका छन । मृत्क साहको आमा निर्मलादेवी साहले काठमाडौं, माइतीघर मण्डलको चिसो भुइँमा रात बिताउन थालेको बिहीबार एक साता भयो। साँझ पर्दै जाँदा भीडभाड कम हुँदै जान्छ। माइतीघर सुनसान हुन्छ। दिउँसो पोल्ने भुइँ साँझ चिसो हुन्छ। निर्मलादेवीको रुमनको छट्पटाहट भने एकैनासको छ।
उनी मध्यरातमा माइतीघरको चिसो सडकमा बसेर रून्छिन्,
कराउँछिन्, चिच्याउँछिन्। उनको आवाज उनका परिवारबाहेक अरू कसैले सुनेका छैनन्। उनी रातभर निदाउन नसकेर वरिपरि डुल्छिन्। उनको यो अनिँदोपन एक महिनाअघिदेखि चलिरहेको छ। आरतीले आत्महत्या गरेको भनिए पनि निर्मलादेवी र परिवारलाई यसमा पूरा भर लागेन।
प्रहरीको अनुसन्धानमा उनीहरूलाई शंका छ। त्यसैले सत्यतथ्य छानबिनको माग राख्दै असार १ गतेदेखि उनीहरू धर्नामा छन्। धर्नामा आरतीकी आमा निर्मलादेवीसँगै बुवा विनोदप्रसाद, दाइ प्रेम, बहिनी मनिषा, मामा सन्तोष, ठूलीआमा रञ्जनादेवी र सानीआमा मिनादेवी छन्। धनुषाबाट न्याय माग्नकेन्द्रीयराजधानी आइपुगेका उनीहरू चौबीसै घन्टा माइतीघरमा बस्छन्। तातो, चिसो, हावा, पानी जे आओस्, छेकिने ठाउँ वरिपरिका ब्यानर हुन् ।