धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् ।
साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर कार्यकक्षबाट हटाएका हुन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरको सट्टा आफ्नो कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन् ।पछिल्लो समय धरानमा विमानस्थल बनाउन केन्द्रले चासो नदिएको भन्दै साम्पाङले रोष प्रकट गरिरहेका थिए । उनले हिजो सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यसबारे पूर्व घोषणा गरेका थिए ।
त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउँदै किराँती राजा यलम्बरको फोटो राखेका छन् ।