यातायात मन्त्रीको गाडीमा आगजनी भएको पुष्टि

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० पौष १३, शुक्रबार (२ साल अघि)
  • ५ पटक पढिएको
यातायात मन्त्रीको गाडीमा आगजनी भएको पुष्टि

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको खुलेको छ । राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन् । 

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ । यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस