हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १२, बुधबार (३ घण्टा अघि)
  • ७४ पटक पढिएको
हेटौंडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौं, १३ फाल्गुन। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मृत्यु हुनेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङ रहेका छन् ।

ट्रकका ठक्करबाट गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि चुरेहिल अस्पताल हेटौंडा पठाइको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले मोटरसाइकललाई ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ग२ख ८९८ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका–१३ प्रतीमाचोकस्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको हाे ।

ट्रक चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय अनिल साहको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

ताजा अपडेट

खोजी गर्नुहोस