गरुडामा आर्या फर्माल्याबको अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

गरुडामा आर्या फर्माल्याबको अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

रौतहट, ३० जेठ। आर्या फर्माल्याब प्रा.लि.को आयोजनामा अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम आज रौतहटको गरुडास्थित सुमित्रा प्यालेसमा सम्पन्न भएको छ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग आबद्ध विभिन्न व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा चिकित्सक, औषधि व्यवसायी, स्वास्थ्यकर्मी, मेडिकल प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी भएका थिए। कार्यक्रममा औषधि क्षेत्रको वर्तमान अवस्था, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, बजार विस्तार, ग्राहक सन्तुष्टि तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

सहभागीहरूले आर्या फर्माल्याबद्वारा उत्पादित औषधि तथा सेवाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासा राखेका थिए। उनीहरूले औषधिको गुणस्तर, उपलब्धता, बजार व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख डाक्टर राहुल शंकरले यस कम्पनी द्रारा उत्पादित विभिन्न औषधि बारे बिस्तृत जानकारी दिएका थिए । ३० वर्शदेखि नेपालमा यस कम्पनीले औषधि उत्पादन गरि देशका विभिन्न शहरमा पुर्याउदै आएको उनले बताए ।

आर्या कम्पनीले २ सय भन्दा बढि औषधि उत्पादन गर्ने गरेको बताउदै शंकरले यस कम्पनीले उत्पादन गर्ने औषधि अरु कम्पनी भन्दा राम्रो बिस्वासिलो र गुणस्तरीय रहेको दाबी गरे ।

कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूबाट प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी दिनमा कम्पनीको सेवा तथा उत्पादनलाई अझ गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै स्वास्थ्य क्षेत्रका पेशाकर्मीहरूसँग सहकार्य र समन्वयलाई थप मजबुत बनाउने योजना रहेको जानकारी पनि दिइएका थिए।

कार्यक्रमका क्रममा सहभागीहरूबीच अनुभव आदानप्रदान, अन्तरक्रिया तथा आपसी सम्बन्ध सुदृढीकरणमा विशेष जोड दिइएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच समन्वय बढाउने तथा सेवा सुधारका लागि सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा कम्पनीका सेल्स म्यानेजर दीपक मलि, एरिया म्यानेजर रौशन चौधरी, विशाल गुप्ता, एम आर प्रवीन झा, रबि यादव, राज गुप्ता लगाएत रौतहटका विभिन्न पालिकाबाट सयौ जना चिकित्सक, फर्मालिस्टहरु सह्भगिता जनाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस