रवि लामिछाने भोलि सर्लाही आउँदै

रवि लामिछाने भोलि सर्लाही आउँदै

काठमाडौं, १२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने भोलि (बुधबार) सर्लाही आउँने भएका छन्।

रास्वपा नेता तथा सर्लाही–४ का उम्मेदवार डा. अमरेश कुमार सिंहले सभापति लामिछाने भोलि सर्लाही – ४ मा आउँने जानकारी दिँदै सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उत्साहपूर्वक उपस्थित भई सभापति लामिछानेलाई स्वागत गर्न अनुरोध गरेका छन्।

सभापति लामिछानेको आगमनसँगै क्षेत्रको राजनीतिक माहोल थप तातिने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा पार्टीका कार्यकर्ता तथा समर्थकहरू स्वागत कार्यक्रमलाई सफल बनाउन सक्रिय रूपमा जुटेका छन्।

लेखकको बारेमा

  • उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस